२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसले आर्कटिक करिडोर विकासको रणनीति अघि सार्दै



फाइल फोटो
अ+ अ-

मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको आर्थिक विकास र राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि आर्कटिक करिडोर बिस्तार महत्वपूर्ण रहेको बताउनुभएको छ।

आर्कटिक क्षेत्र र ट्रान्सआर्कटिक यातायात कोरिडोरको विकासमा केन्द्रित सरकारी सदस्यहरूसँग भिडियो कन्फरेन्सको अध्यक्षता गर्दै नेता पुटिनले रूसको राष्ट्रिय अर्थव्यवस्था, औद्योगिक सम्भावनाको विस्तार र राष्ट्रिय सुरक्षा तथा सार्वभौमिकताको रक्षाका लागि आर्कटिक क्षेत्रको अद्वितीय रणनीतिक महत्व रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “ट्रान्सआर्कटिक यातायात कोरिडोर, सेन्ट पिटर्सबर्गदेखि मुर्मान्स्क र भ्लादिभोस्तोकसम्म फैलिएको छ, जुन विश्वको सबैभन्दा सुरक्षित, भरपर्दो र सफल जलमार्गको रूपमा देखा परिरहेको छ ।”

नेता पुटिनले भन्नुभयो, “उत्तरी ट्रान्सआर्कटिक मार्गको महत्त्व धेरै द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति श्रृङ्खलामा अवरोधको पृष्ठभूमिमा थप स्पष्ट हुँदै गइरहेको छ ।

उहाँले थप्नुभयो, “रूसले समुद्री तथा नदी क्षेत्रमा रहेका बन्दरगाह, रेलमार्ग, राजमार्ग र विमानस्थललाई व्यवस्थित गर्दै आफ्नो आर्कटिक रसद नेटवर्कलाई बलियो बनाइरहेको छ।”

“यस रणनीतिक क्षेत्रमा शान्ति र स्थिरता कायम गरेर, हामी यसको दीर्घकालीन सामाजिक–आर्थिक विकास सुनिश्चित गर्नेछौँ, जीवनस्तर उकास्नेछौँ, उत्तरी आदिवासीहरूको अद्वितीय संस्कृतिको संरक्षण गर्नेछौँ र आर्कटिकको कमजोर प्राकृतिक पारिस्थितिक प्रणालीको रक्षा गर्नेछौँ,” रूसी राष्ट्रपति पुटिनले भन्नुभयो ।(रासस/सिन्ह्वा)