२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा



अ+ अ-

झापा। मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपीएफले सङ्कटा क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा पनि तीन–तीन गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो । सडन डेथमा एपिएफ विजयी हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सङ्कटाकी प्रतिक्षा राईको प्रहार बाहिरिएपछि एपिएफले जित निकालेको थियो ।

सडन डेथमा एपिएफका सरु सुब्बा, हिराकुमारी भुजेल र अञ्जना राना मगरले गोल गरेकी छिन् भने सङ्कटाका तर्फबाट सुशीला चौधरी र झुमा विश्वकर्माले गोल गरेकी थिइन् ।

यसअघि भएको टाइब्रेकरमा एपिएफका गीता राना, अनिता बस्नेत र रश्मीकुमारी घिसिङले गोल गरे । अनिता केसी र रेनुका नगरकोटीको प्रहार भने सङ्कटाकी गोलकिपर सुशीला चौधरीले बचाइन् ।

सङ्कटाका तर्फबाट यशोदा शाही, सुक्रिया मिया र विदेशी खेलाडी सुशीया लीला जोसेले गोल गर्दा पूर्णिमा राईको प्रहार बचाउ भएको थियो भने सुनिता भुलनको प्रहार बाहिरिएको थियो ।

आजको खेलको ‘प्लेयर अफ दी म्याच’ एपिएफकी गीता राना घोषित हुँदै नगद रु ११ हजार पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा एपिएफले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । रासस