१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता तनहुँमा हुने



फाइल फोटो
अ+ अ-

तनहुँ। जिल्ला खेलकुद विकास समिति तनहुँको सदरमुकाम दमौलीमा गण्डकी प्रदेश अन्तरजिल्ला स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आज यहाँ आज पत्रकार सम्मेलन आयोजना गरी यही वैशाख २६ र २७ गते व्यास नगरपालिका-३ खुल्ला मैदानमा अन्तरजिल्ला स्तरीय भलिबल प्रतियोगिता हुन लागेको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको समूह छनोटका लागि यहाँ प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगिताबाट गण्डकी प्रदेशको महिला र पुरुषको सशक्त समूह छनोट गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन यहाँ आएर खेल्नैपर्छ । यहाँ खेलेका खेलाडीबाट समूह बनाइनेछ ।”

प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीको सहभागिता रहनेछ । दक्ष भलिबल खेलाडी उत्पादन र क्षमता विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको पाण्डेले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “तनहुँमा भलिबल निकै लोकप्रिय खेल हो । यसले खेल पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेका छौँ ।”

छनोट खेल भएकाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिने समितिका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा महिला र पुरुष गरी दुई सय ४० खेलाडी, २० प्रशिक्षक, २० अफिसियल उपस्थित हुनेछन् । कार्यक्रम सम्पन्न गर्नका लागि रु २५ लाख ४६ हजार लाग्ने अनुमान गरिएको छ । खर्च व्यवस्थापन गण्डकी प्रदेश खेलकुद परिषद् र अन्य सरोकार भएका निकायबाट गरिने पाण्डेले बताउनुभयो ।  रासस