१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर कप क्रिकेट मङ्गलबारदेखि



अ+ अ-

सुनसरी। सुनसरीको इटहरीमा मङ्गलबारदेखि तेस्रो मेयर कप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आयोजक आइडियल स्पोट्र्स एकेडेमीले आज इटहरीमा पत्रकार सम्मेलन गर्दै इटहरी–९ स्थित जनता क्रिकेट खेल मैदानमा यही वैशाख १५ गतेदेखि २१ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो । इटहरी उपमहानगरपालिकाको सहकार्य तथा कोशी प्रदेश क्रिकेट सङ्घको सहयोगमा टी–२० क्रिकेट हुन लागेको सुनसरी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष एवं प्रतियोगिता संयोजक सिपी पौडेलले जानकारी दिए ।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीमा इटहरीका तीन, धरान उपमहानगरपालिका, विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, बराहक्षेत्र नगरपालिका, मेचीनगर (झापा), त्रियुगा नगरपालिका (उदयपुर), कटहरी गाउँपालिका (मोरङ) र सुनवर्षी नगरपालिका रहेका संयोजक पौडेलले बताए ।

प्रतियोगिताको विजेताले रु ७५ हजारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु ४० हजारसहित ट्रफी पाउनेछ । यसैगरी ‘प्लेयर अफ दी सिरिज’ लाई रु सात हजार तथा उत्कृष्ट ब्याटर र बलरलाई जनही रु चार हजार प्रदान गरिनेछ । यसअघि भएका दुवै संस्करणको उपाधि विराटनगर महानगरपालिकाले जितेको थियो ।  रासस