१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै



अ+ अ-

काठमाडौँ । झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन भारत सरकारको सहयोगमा निर्माण हुने भएको छ । सो भवनको आज शिलान्यास समेत गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, भारतीय राजदूतावास, काठमाडौँका काउन्सिलर गीताञ्जली ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले आज संयुक्त रुपमा उक्त भवनको शिलान्यास गर्नुभएको हो ।

भारत सरकारको आर्थिक सहयोग करिब पाँच करोड ८० लाख रुपैयाँमा सो भवन निर्माण हुन लागेको यहाँस्थित दूतावासले जनाएको छ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत झापाको गौरादह नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

कार्यक्रममा मुख्यमन्त्री तथा अन्यले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो । नयाँ संरचनाले गौरादह नगरपालिकामा विद्यार्थी र शिक्षकहरुका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने उहाँहरुले विश्वास व्यक्त गर्नुभयो । रासस