२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत



भोलोदिमिर जेलेन्स्की/ फाइल फोटो
अ+ अ-

किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत गर्नुभएको छ ।

हङ्गेरीका निवर्तमान प्रधानमन्त्री भिक्टर ओर्बानले ऋण स्वीकृत गर्न राखेको कडा अडानका कारण उक्त ऋण स्वीकृत हुन सकेको थिएन ।

उहाँले भन्नुभयो, “आजको दिन हाम्रो रक्षा र युरोपेली सङ्घसँगको सम्बन्धका लागि महत्वपूर्ण दिन हो । युक्रेनका लागि युरोपेली सहयोगस्वरूप तय गरिएको ऋण दुई वर्षमा ९० अर्ब युरो खुला गरिएको छ,” जेलेन्स्कीले एक्समा भन्नुभयो ।

“यो महत्त्वपूर्ण छ, चार वर्षभन्दा बढीको पूर्ण मात्रामा युद्धपछि युक्रेनले यस स्तरको वित्तीय निश्चिततालाई सुरक्षित गरिरहेको छ,” उनले थप्नुभयो । उहाँ पहिलो किस्ता मे वा जूनसम्म वितरण गर्न आग्रह गर्नुभयो ।

जेलेन्स्कीले भन्नुभयो, “युक्रेनले हतियार उत्पादन, युक्रेनमा अहिलेसम्म उत्पादन नगरेका साझेदारहरूबाट आवश्यक हतियारहरू खरिद गर्न र अर्को जाडोको लागि युक्रेनकोे ऊर्जा क्षेत्र र महत्वपूर्ण पूर्वाधारको पुनः निर्माणमा पैसा खर्च गर्नेछ।”

रूसले हिउँदभरि युक्रेनको पावर ग्रिड र ऊर्जा उत्पादन स्थलहरू ध्वस्त पारेको थियो । चार वर्षको आक्रमणका कारण सबैभन्दा कडा जाडोको बीचमा लाखौंलाई चिसो र अँध्यारोमा जीवन निर्वाह गर्न बाध्य बनाएको थियो । युक्रेनका कतिपय शहर र गाउँमा तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुग्ने गर्छ ।

“यी स्रोतहरूले हामीलाई हाम्रो बिजुली प्रणाली कायम राख्न, महत्वपूर्ण पूर्वाधारको रक्षा गर्न र पुनः निर्माणलाई गति दिन मद्दत गर्नेछ,” युक्रेनका ऊर्जा मन्त्री डेनिस श्मीगलले एक्समा लेख्नुभएको छ। (रासस/एएफपी)