११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

रोहिंग्या शरणार्थीको पलायन ९० प्रतिशतले बढ्यो : सेभ द चिल्ड्रेन

रोहिंग्या शरणार्थीको पलायन ९० प्रतिशतले बढ्यो : सेभ द चिल्ड्रेन
अ अ+ अ-

ढाका। बङ्गलादेश र म्यानमारबाट डुङ्गाबाट भाग्ने रोहिंग्या शरणार्थीहरूको सङ्ख्या गत वर्षको तुलनामा ९० प्रतिशतले बढेको सेभ द चिल्ड्रेनले संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कलाई उद्धृत गर्दै बिहीबार जनाएको छ ।

युद्धग्रस्त म्यानमारमा उत्पीडनबाट बच्न धेरै रोहिंग्याहरू राम्रो जीवनको खोजीमा हरेक वर्ष भीडभाड र जीर्ण डुङ्गाहरूमा खतरनाक समुद्री यात्रा गर्छन् ।

बङ्गलादेशमा निर्वाचित शरणार्थी परिषद् युनाइटेड काउन्सिल रोहिंग्या (यूसीआर) का सदस्य खिन माउङले यो तथ्याङ्क निकै चिन्ताजनक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यहाँ यात्राको जोखिमको बारेमा जागरूकता कार्यक्रमहरू सञ्चालन गरिएको थियो तर सहभागी मानिसहरू निराश देखिन्न्थे । जोखिम मोलेर यात्रा गर्नु उनीहरूको रहर नभइ विवशता थियो ।

उहाँले एएफपीसँग भन्नुभयो, “हाम्रा बालबालिकालेस्वदेश फिर्तीको कुनै स्पष्ट सम्भावना र भविष्य नदेखेपछि औपचारिक शिक्षाको अभाव भएका उनीहरू आफ्नो ज्यान जोखिममा राख्ने गरेका छन् ।”

सन् २०१७ मा भएको क्रुर सैन्य दमनको क्रममा म्यानमारबाट भागेका १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीहरू बङ्गलादेशको कोक्स बजारमा विशाल शरणार्थी शिविरमा बसिरहेका छन्।

सेभ द चिल्ड्रेनका अधिकारी गुलाम मुस्तफाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बालबालिका र उनीहरूका परिवारले बढ्दो असुरक्षा र सहयोगको अपर्याप्तताको सामना गरिरहेका छन् ।”

उहाँले भन्नुभयो, “धेरै परिवारले उनीहरूसँग आफ्नो जीवन जोखिममा पार्नु र डुङ्गा यात्रा गर्दै छोड्नुको विकल्प छैन तर उनीहरूको यात्रा खतराले भरिएको छ।”

संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर)का अनुसार गत वर्ष समुद्री मार्गबाट भाग्ने रोहिंग्या शरणार्थीहरूको लागि रेकर्ड सबैभन्दा घातक थियो, सन् २०२६ मा मृत्यु निरन्तर बढ्दै गएको छ।”

सन् २०२५ मा अन्डमान सागर र बङ्गालको खाडीमा करिब ९०० रोहिंग्या शरणार्थी हराएका वा मारिएका थिए।

इन्डोनेसियातर्फ जाँदै गर्दा अन्डमान सागरमा डुङ्गा पल्टिँदा यसै महिना २५० भन्दा बढी रोहिंग्या शरणार्थी र बङ्गलादेशी आप्रवासी बेपत्ता भएका छन्।

यूएनएचसीआरको तथ्याङ्कले यस वर्ष मार्च ३१ सम्म म्यानमार र बङ्गलादेशबाट दुई हजार ९०७ जना समुद्री मार्गबाट बाहिर अन्य मुलुक निस्केका थिए, जबकि सन् २०२५ को सोही अवधिमा यो सङ्ख्या एक हजार ५१७ थियो ।

नगदको अभावमा रहेको संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रमले यसै महिना बङ्गलादेशमा रहेको १२ लाख रोहिंग्या समूहको ठूलो हिस्साको सहायता कटौती गरेको छ।

सेभ द चिल्ड्रेनले राशन कटौतीका कारण कम्तीमा पाँच लाख रोहिंग्या शरणार्थी बालबालिका प्रभावित भएको बताएको छ।

“यसले ‘परिवारहरूलाई थप तनाव दिइरहेको छ, शिविरहरू भित्र खाद्य सुरक्षा कम भएको छ र थप शरणार्थीहरूलाई खतरनाक समुद्री यात्राको प्रयास गर्न बाध्य पारिएको छ’,” एजेन्सीले भनेको छ । (रासस/एएफपी)