१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा



मुन्दुम पदमार्ग/फाइल फोटो
अ+ अ-

भोजपुर। नेपालका सातै प्रदेशका र विभिन्न ११ देशका स्रष्टाहरुले मुन्दुम पदमार्गमा एकसाथ पदयात्रा गरेका छन् ।

मुन्दुम पदमार्ग प्रवर्द्धनसम्बन्धी विश्वव्यापी परियोजनाअन्तर्गत प्रथम चरणको सम्मेलन र भ्रमण सम्पन्न गरिएको परियोजना निर्देशक तथा संस्कृतिविद् डा भक्त राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुन्दुम पदमार्गको इतिहासमा एकै पटक नेपालका सातै प्रदेश र विश्वका ११ मुलुकको स्रष्टाहरुलाई पदयात्रा गराई अन्तरराष्ट्रिय स्रष्टा सम्मेलनसमेत सम्पन्न गराइएको छ ।” यसले मुन्दुम पदमार्गलाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा भाग लिँदै मुन्दुम भ्रमण गर्न पाएकामा अन्तरराष्ट्रिय स्रस्टाहरु खुसी देखिएका थिए । सम्मेलनमा सहभागी नेपाली तथा विदेशी स्रष्टाहरुलाई पदमार्गको नाम, मुन्दुम भनेको के हो, यो क्षेत्रमा सबैभन्दा पहिले कुन जातिको बसोबास थियो, हाल कुनकुन जातिको बसोबास छ, यस क्षेत्रको हावापानी, भूगोल, वातावरण कस्तो छ, मुन्दुम पदमार्ग क्षेत्रमा कुनकुन वनस्पति, वन्यजन्तु पाइन्छलगायतको विषय समेटिएको कार्यपत्र प्रस्तुति गरिएको थियो ।

यो विश्वव्यापी परियोजनामा स्वदेशी तथा विदेशी स्रष्टाहरुलाई प्रत्यक्ष भ्रमण गराएर र अन्य माध्यमबाट मुन्दुम पदमार्गबारे सम्पूर्ण जानकारी प्रदान गरेपछि उनीहरुलाई मुन्दुम पदमार्गबारे गीत सृजना गर्न लगाइने छ । स्वदेशी तथा विदेशी स्रष्टाहरुले सृजना गरेको गीतलाई स्वदेशी तथा विदेशी गायकगायिकालाई गाउन लगाएर ‘रेकर्ड’ गरिने लक्ष्य लिइएको छ ।

सो पदयात्रामा कोशी प्रदेशबाट मेघराज नेपाल, श्याम तमोट, टेकबहादुर तामाङ, लोचन भट्टराई, गीता कार्की, अशोक राई, प्रमिला राई, सीता तुम्खेवा, डा. भक्त राई, वसन्त मुकारुङ, किरण टी लिम्बू, राजु केसी, शुभ मुकारुङ, पारस मुकारुङ, रमेश कोइराला सहभागी थिए ।

त्यसैगरी, मधेस प्रदेशबाट धीरेन्द्र प्रेमर्षि र बागमती प्रदेशबाट लक्ष्मी रुम्बा, सुस्मिता नेपाल, सविता रेग्मी, गण्डकीबाट वसन्त वित्यासी थापा, भीम मास्की सहभागी थिए । लुम्बिनी प्रदेशबाट देव राना र कर्णाली प्रदेशबाट सागर उद्गम, अम्बिका गौतम तथा सुदूरपश्चिम प्रदेशबाट हर्क साउदलगायतका स्रष्टाको सहभागिता थियो ।

नेपाल बाहिरबाट भारतको दार्जीलिङबाट डा सुरेन्द्र चाम्लिङ, प्रसान्त थुलुङ, दुर्गा राई, सिक्किम राज्यबाट मोहन दुङमाली, भुटानबाट धनराज राई, दिलकुमार राई, चीनबाट लिन झोङ, रोङ झाङ,  अष्ट्रेलियाबाट स्टिफन फोडेहम, टर्कीबाट जाहिद, एर्कान टेटिक र रसिया, सिङ्गापुर, फिलिपिन्स, जापान, कोरियालगायतका देशका स्रष्टाहरुको सहभागिता रहेको थियो ।

यस्ता कार्यक्रमले पूर्वी नेपालको मात्र नभई समग्र राष्ट्रकै विकासमा सहयोग पुग्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । रासस