२ आश्विन २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा जेन्जी पुस्ताका सांसदसँग विशेष अन्तरक्रिया माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो माथिल्लो त्रिशूली–१ को सुरुङमा खोजी जारी, मानव अङ्ग तथा शव निकालिँदै सुनचाँदीको मूल्य बढ्यो आज मन्त्रिपरिषद् बैठक बस्दै विद्युतीय स्कुटर ‘यात्री ए२’ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान धादिङ र नुवाकोटमा पूर्ण रूपमा विद्युत सेवा सुचारू, रसुवाका ९० प्रतिशत क्षेत्रमा बिजुली बल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काको राष्ट्रिय क्रिकेट बोर्ड परिवर्तनको संघारमा



अ+ अ-

कोलम्बो। श्रीलङ्का सरकारले राष्ट्रिय क्रिकेट बोर्डको कार्यकारी समितिलाई यसै साताको अन्त्यसम्ममा नयाँ प्रशासनका लागि मार्ग प्रशस्त गर्न निर्देशन गरेको छ ।

श्रीलङ्का क्रिकेट देशको सबैभन्दा धनी खेलकुद निकाय हो तर यो भ्रष्टाचार र कुव्यवस्थापनले ग्रस्त छ ।

हाल बोर्डका प्रमुख रहनुभएका शम्मी सिल्भाले आफ्नो चौथो कार्यकालको जिम्मेवारी सम्हालिरहनुभएको छ ।

नाम नबताउने सर्तमा एक अधिकारीले भन्नुभयो, “पूर्व इन्भेस्टमेन्ट बैङ्करको नेतृत्वमा बोर्डको अन्तरिम प्रशासन रहनेछ ।”

“सरकारले जनताको आक्रोशको जवाफ दिइरहेको छ,” उहाँले भन्नुभयो ।

श्रीलङ्काले गत फेब्रुअरी–मार्चमा भारतमा आयोजना गरिएको टी–२० विश्वकपमा प्रतिस्पर्धाबाट बाहिरिएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले स्थानीय बोर्ड सञ्चालनमा राजनीतिक हस्तक्षेप भएको भन्दै सन् २०२३ नोभेम्बरमा श्रीलङ्काको सदस्यता निलम्बन गरेको थियो ।

त्यो निलम्बन सन् २०२४ जनवरीको अन्त्यमा हटाइएको थियो ।  (रासस/एएफपी)