१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनमा स्थायी आवासीय अनुमति, नेपालमा लाइन



अ+ अ-

काठमाडौं: स्पेनमा स्थायी आवासीय अनुमति (पिआर) दिने भएपछि युरोपमा रहेका धेरै नेपाली स्पेन पुगेका छन् ।

खासगरी युरोपका विभिन्न देशमा रहेर पनि स्थायी आवासीय अनुमति प्राप्त नगरेकाहरु स्पेनमा आवेदन दिन आइपुगेको स्पेनमै रहेका एक नेपालीले बताए । स्पेनमै पनि आवेदनका लागि फारम लिनकै लागि रातभर लाइनमा बस्ने गरेको स्पेनमा रहेका नेपालीको भनाई छ ।

स्पेनले गत डिसेम्बर ३१, २०२५ भित्र स्पेनमा बसोबास गरिरहेका कम्तीमा पाँच लाखभन्दा बढीलाई स्थायी आवासीय (पिआर) दिने घोषणा गरेको छ । नेपाली समुदाय समेत अन्य देशका नागरिक पनि पिआर आवेदन गर्न स्पेन पुगेका छन् ।

स्थायी अनुमतिका लागि आवेदकहरुले स्पेनमा बसोबास गरिरहेको प्रमाणका अतिरिक्त नेपालबाट चारित्रिक विवरण सहितको प्रहरी रिपोर्ट, परराष्ट्र मन्त्रालयको कन्सुलर विभागको छाप र नेपालस्थित स्पेनी कन्सुलरले स्टिकर (छाप) लगाउनु पर्नेछ ।

अहिले नेपालस्थित स्पेनी कन्सुलरमा सरदर दैनिक पाँच सय व्यक्तिले आवेदन दिएको बताइएको छ । आगामी मे महिनाभित्र स्पेनमा पिआरका लागि आवेदन दिनुपर्ने भए पनि नेपालस्थित स्पेनी कन्सुलरले माग भएजति आवेदन प्रोसेस गर्न सकिरहेको छैन ।

स्पेनी कन्सुलरले प्राप्त निवेदनका आधारमा स्टिकरका लागि भारतस्थित कन्सुलर, राजदूतावासमा पठाएर स्टिकर ल्याउने गरेको छ । विगतमा दैनिक करिब १० वटा स्टिकरको काम गर्ने कन्सुलरमा बढेका चापका कारण समस्या उत्पन्न भएको बताइएको छ ।

समयमै स्टिकर प्राप्त गर्न नसके स्पेनमा आवेदन दिन कठिनाई हुने भएकाले नेपालस्थित उनीहरुका आफन्त तनाबमा पुगेका छन् । यो समस्या सुल्झाउन नेपाल सरकारले पनि पहल गर्नुपर्ने खाँचो रहेको आवेदन दिन स्पेनी कन्सुलरमा भेटिएका एक व्यक्तिले बताएका छन् ।

फोटो- एआई