२ आश्विन २०८३, शुक्रबार
,
Latest
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक जलवायु न्यायका लागि क्षेत्रीय सहकार्य र प्रभावकारी कूटनीति आवश्यक : सांसद खानी तथा खनिज विधेयकलाई राष्ट्रिय पुँजी निर्माण र रोजगारीसँग जोड्न सभापति अन्सारीको जोड मधेसको विकासमा महिला, आदिवासी–जनजाति र दलितलाई मूलप्रवाहीकरण गर्न सांसद अर्यालको माग सञ्चारमन्त्री डा तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता खनिज विधेयकलाई लगानीमैत्री बनाएर औद्योगिक रूपान्तरणको आधार बनाउनुपर्छ : मन्त्री साह विपद् आएपछि उद्धार गर्ने होइन, अघिबाटै तयारी गर्नुपर्छ : कमला पन्त हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थापना दिवशको कार्यक्रममा आज अध्यक्ष ओलीले सम्बोधन गर्ने



फाइल फोटो
अ+ अ-

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवशको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टी केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार दिउसो दुई च्यासलमा आयोजना गरिने ७७ औं स्थपना दिवशको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरु समेटिने एक नेताले बताए ।

अध्यक्ष ओलीलाई चैत १४ गते सरकारले गिरफ्तार गरेर चैत २६ गते रिहा गरेको थियो । अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरीयाको शल्यक्रिया गरेर बैशाख ५ गते घर फर्केका हुन् । स्वास्थ्य लाभ गरिरहेका ओलीले पार्टी स्थापना दिवशका दिन नेता कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन् ।
कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकामा रहेका पार्टी केन्द्र,जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकहरुलाई आग्रह गरिएको छ ।

नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल बैशाख ९ गते नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गरिएको थियो ।




भर्खरै