५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

उपनिर्वाचन: नेकपाले गुमाएको महत्वपूर्ण दुई स्थानमा कांग्रेसको विजय ध्वनी

उपनिर्वाचन: नेकपाले गुमाएको महत्वपूर्ण दुई स्थानमा कांग्रेसको विजय ध्वनी
अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका गरी ३७ जिल्लाका रिक्त ५२ पदमा शनिबार भएको उपनिर्वाचनमध्ये मुख्य स्थानमा नेकपाले आफ्नो स्थान गुमाएको छ । कुल ५२ रिक्त पदमध्ये संख्यात्मक रूपमा नेकपाले ३० स्थानमा आफ्नो पक्षमा जित हात पारे पनि उसले अघिल्लो पटक जितेका प्रदेश सभाअन्तर्गतको भक्तपुर १ (क) र धरान उपमहानगरपालिका आफ्नो पोल्टाबाट गुमाएको छ । कांग्रेसले भने उपनिर्वाचनबाट १३ स्थानमा जित हात पारेको छ ।

कांग्रेसले पहिले आफूले जितेका ७ स्थान गुमाएको छ । यस्तै नेकपाले यसअघि जितेका ५ वडामा कांग्रेसले जितेको छ । तर, पनि मुख्य स्थानमा परिणाम हात परेपछि कांग्रेस सन्तुष्ट छ । भक्तपुर प्रदेश सभामा उपनिर्वाचनबाट कांग्रेसले जनमत आफ्नो पक्षमा पारेको छ भने धरान उपमहानगरपालिकामा ६० वर्षपछि कांग्रेसले जित हात पारेको छ । नेकपाले उपनिर्वाचनबाट पहिले जितेको कास्की २ को प्रतिनिधि सभालाई आफ्नै पोल्टामा सुरक्षित राख्दा दाङको प्रदेशसभा ३ ९ख० सुरक्षित बनाएको छ ।

यस्तै यसअघि हारेका दुई गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष गरी तीन वटा गाउँपालिमा पनि जितेको छ । यसअघि कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष र यसअघि राष्ट्रिय जनता पार्टी (राजपा)ले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष नेकपाले जितेको हो । उपनिर्वाचन भएका देशभरका ४३ वडामध्ये धरान उपमहानगरपापिका ७ को वडाध्यक्षसहित २४ वटा वडाध्यक्ष नेकपाले हात पारको छ ।

बाग्लुङको प्रदेशसभा २ (ख) मा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाले जितेको छ भने प्युठानको ऐरावत गाउँपालिका ३ को वडाध्यक्षमा स्थानीय नेकपा नेताको समर्थनमा उम्मेदवार बनेका बागी उम्मेदवार विजयी भएका हुन् । उपचुनाव भएका ५२ मध्ये २८ स्थान नेकपाबाट निर्वाचित जनप्रतिनिधिको निधनका कारण रिक्त थिए । समग्र नतिजामा नेकपाले २ स्थान थप गरे पनि मुख्य स्थानमा कमजोर बनेको हो ।

रिक्त ५२ स्थानमध्ये १२ वटा वडाध्यक्ष, एक गाउँपालिका प्रमुख र एक उपप्रमुख कांग्रेसका उम्मेदवारको निधनका कारण खाली भएका थिए । संख्यात्मक हिसाबले कांग्रेसले उपचुनावबाट एक/एक स्थान गुमाएको छ । १४ स्थान कांग्रेसको खाली भएकोमा उपचुनावबाट १३ स्थान मात्रै जितेको हो । उपनिर्वाचनको परिणामअनुसार समाजवादी पार्टीले चार वडाध्यक्ष जितेको छ भने राजपाले तीन वडाध्यक्ष जितेको छ ।

समाजवादीले एउटा वडा थप गरेको छ भने राजपाले एउटा गाउँपालिका अध्यक्ष गुमाएको छ ।वडाध्यक्षतर्फ आफ्नो पहिलेको संख्या कायम राख्न कांग्रेस र नेकपा सफल भए पनि नेकपाले यसअघि कांग्रेसले जितेका ७ वडा जितेको छ । राजधानी दैनिकबाट