५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

सागमा नेपालको ऐतिहासिक सुरुवात, एकै दिन नेपाललाई १५ स्वर्ण

सागमा नेपालको ऐतिहासिक सुरुवात, एकै दिन नेपाललाई १५ स्वर्ण
अ+ अ-

काठमाडौं । १३औं सागको दोस्रो दिन सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ । नेपालले कराँतेमा सात र तेक्वान्दोमा सात स्वर्ण पदक हात पारेको हो । सोमबार नै सुरु भएका यी दुवै खेलबाट नेपालले बढी पदकको आशा गरेको छ ।अर्को एक पदक पोखरामा सम्पन्न ट्रायथलनमा सोनु गुरुङले जितिन् । कराँतेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयषा शाक्यले दुईरदुई स्वर्ण पदक हात पारे । मन्डेकाजीले पुरुष एकल काता र टिम कातामा स्वर्ण जितेका हुन् । टिम कातामा उनलाई महसुस मोक्तान र प्रवीण मानन्धरले साथ दिएका थिए ।

तेक्वान्दोमा आयषाले महिला एकल पुम्से २९ वर्षभन्दा माथि र पेयर पुम्सेमा स्वर्ण पदक जितिन् । पेयर पुम्सेमा उनलाई सञ्जीवकुमार ओझाले साथ दिएका थिए । मन्डेकाजी र आयषा दुवै फरक परिस्थितिबीच प्रतियोगितामा सहभागी भएका खेलाडी हुन् । ३५ वर्षीय मन्डेकाजी कराँतेको कातामा विशेष दख्खल राख्छन् । उनले सागमा पदक जित्न १० वर्ष निरन्तर संघर्ष गर्नुपर्यो । यसअघिका दुई साग उनका लागि सुखद रहेन । सन् २०१० मा बंगलादेशमा ११औं साग हुँदा उनी २६ वर्ष पुगिसकेका थिए ।

त्यतिबेला उनी सागका लागि छनोट पनि भए । बंगलादेश सागका लागि उनले स्वर्णको लक्ष्यसहित तयारी पनि गरेका थिए । तर, उनले प्रतिस्पर्धा गर्ने भनेको स्पर्धालाई आयोजकले ११औं सागमा समावेश गरेन । त्यसैले उनले त्यो साग खेल्ने अवसर पाएनन् । उनले हिम्मत हारेनन् । १२औं सागमा आफ्नो सपना साकार पार्ने योजना बोकेर उनी निरन्तर तयारीमा लागिरहे । सन् २०१६ मा भारतमा सम्पन्न १२औं सागमा पनि कराँते खेल समावेश गरिएन । फेरि एकपटक सागमा स्वर्ण जित्ने उनको सपना अधुरै रह्यो ।

आफूले १० वर्षअघि देखेको सपना मन्डेकाजीले घरेलु मैदानमा पूरा गरे । सोमबार उनका लागि अर्को संयोग पनि जुर्यो । घरेलु मैदानमा सम्पन्न सागमा देशका लागि स्वर्ण पदक जित्ने उनी पहिलो खेलाडी बने । ‘मेरो वर्षौंदेखिको सपना साकार भएको छ । यो मेरो जीवनको सबैभन्दा सुखद क्षण हो’, दोस्रो स्वर्ण जितेपछि उनले भने । उनले आफूले जितेको स्वर्ण देश र सम्पूर्ण नेपालीप्रति समर्पित गरे ।

‘यो स्वर्ण म देश र सम्पूर्ण नेपालीप्रति समर्पित गर्न चाहन्छु । मलाई निरन्तर साथ र सहयोग गर्नु हुने सबैप्रति आभारी छु’, मन्डेकाजीले भने, ‘पछिल्लो समय हिमानी मेरा लागि लक्की बनेर आएकी छन् ।’ हिमानी उनकी कान्छी छोरी हुन् । उनी भर्खर ६ महिनाकी भइन् । मन्डेकाजी भन्छन्, ‘हिमानी मेरा लागि लक्की छिन् । उनको आगमनपछि नै मेरो सपना पूरा भएको छ ।’ यसैगरी तेक्वान्दोमा दोहोरो स्वर्ण जित्ने आयषा दुई सन्तानकी आमा हुन् । आयषा कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टकी पत्नी हुन् ।

आयषा प्रतिद्वन्द्वीसँग भिडन्त गरिरहँदा दीपक अधैर्य देखिन्थे । स्वर्ण पदक जितेपछि खुसीको आँसु थाम्न नसकेकी आयषा खुसीयाली मनाएपछि दौडँदै दीपकको अँगालोमा बाँधिन पुगेकी थिइन् । आयषाले सागमा जितेको यो तेस्रो स्वर्ण पदक हो । सन् २०१० मा बंगलादेशमा भएको ११औं सागमा दीपक र आयषा दुवैले देशका लागि स्वर्ण पदक जितेका थिए । दीपकले भने हाल सक्रिय खेलजीवनबाट सन्न्यास लिइसकेका छन् ।

१३औं सागको आइतबार भएको उद्घाटन समारोहमा दीपकले नै ओलम्पिक ज्योति प्रज्ज्वलन गरेका थिए । सोमबारको खेल सकिँदासम्म नेपाल पदक तालिकाको पहिलो स्थानमा छ । अन्नपुर्णपोष्ट दैनिकबाट