१३ श्रावण २०८३, बुधबार
,
Latest
राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजनाः विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा जोड प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पुर्‍याएको आरोप निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै हसिनाको स्वदेश फर्किने घोषणा पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा सांसदसँग अन्तरक्रिया



अ+ अ-

गुल्मी। गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत विकास योजना छनोटसम्बन्धी अन्तरक्रिया गरिएको छ ।

जिल्ला समन्वय समितिको आयोजनामा आज सदरमुकाम तम्घासमा आयोजित उक्त अन्तरक्रियामा गुल्मीका प्रतिनिधिसभा सदस्यद्वय सागर ढकाल र गोविन्द पन्थी तथा स्थानीय तहका जनप्रतिनिधिहरु, राजनैतिक दल, कार्यालय प्रमुखलगायतको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले आआफ्ना स्थानीय तहको योजना, लक्ष्य, समस्या तथा दीर्घकालीन रणनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा जनप्रतिनिधिहरूले सेवा प्रवाहमा देखिएका समस्या, कानुनी जटिलता, स्रोत व्यवस्थापन, पूर्वाधार विकास तथा भावी योजनाबारे सुझाव दिनुभएको थियो ।

अन्तरक्रियामा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सागर ढकालले विकासलाई पूर्वाधार निर्माणमा मात्र सीमित नराखी सुशासन, पारदर्शिता र नागरिक सहभागितासँग जोड्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले अब दीर्घकालीन सोचसहित कार्यगत प्रणाली सुधार आवश्यक रहेको बताउनु भएको थियो ।

त्यसैगरी गुल्मी क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोविन्द पन्थीले जिल्लामा पूर्वाधार विकास, सेवा प्रवाहको प्रभावकारिता र स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको थियो । उहाँले स्थानीय तहसँगको समन्वयलाई थप सुदृढ बनाउँदै विकासका कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा सहभागीले जनप्रतिनिधिहरुले गुल्मीको समग्र विकासका लागि नीति निर्माण, प्रभावकारी कार्यान्वयन र अन्तरतह समन्वय अपरिहार्य रहेको निष्कर्ष निकालेका छन् ।

जिल्लामा देखिएका समस्या समाधान गर्दै शिक्षा, स्वास्थ्य, सडक र रोजगारीका क्षेत्रमा ठोस उपलब्धि हासिल गर्न सबै पक्षबीच सहकार्य आवश्यकता रहेको निष्कर्ष निकालिएको जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले जानकारी दिनुभयो । रासस




भर्खरै