१३ श्रावण २०८३, बुधबार
,
Latest
सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै



default
अ+ अ-

म्याग्दी।  बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न पूूर्वाधार निर्माण गर्न थालिएको छ ।

समुदाय, दाता र सरकारी निकायको साझेदारीमा यहाँ रु एक करोडभन्दा बढी लगानीमा आश्रयस्थल, गौशाला, सभाहल, गोवर्धन मन्दिर, पदमार्गलगायत पूर्वाधार निर्माण भइरहेका हुन् ।

यसअघि सञ्चालन गरिएको गोवर्धन महायज्ञमा सङ्कलन भएको सहयोग रकम र बेनी नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माणकार्य अन्तिम चरण रहेको आर्थिक सङ्कलन उपसमितिका संयोजक हिराबहादुर थापाले जानकारी दिनुभयो ।

“गौशालामा रहेका रैथाने जातका गाईको चरन र आहराका लागि घाँसखेती गर्न तथा पूर्वाधार बनाउन ४० रोपनी जग्गासहित रु एक करोड २७ लाख ३१ हजार ३६७ सङ्कलन भएको थियो”, उहाँले भन्नुभयो, “त्यसबाट गौशाला सुरु गरिएको छ । सभाहल र सन्तआश्रम ढलान भइसकेको छ भने मन्दिर निर्माण अन्तिम चरणमा पुुगेको छ ।”

स्थानीय दीपक मल्लले सबैभन्दा बढी १७ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । यहाँ श्रीकृष्णले गोवर्धन पर्वत उठाएको मूर्तिसहितको मन्दिरको संरचना तयार भएको छ भने ३८ फिट अग्लो तामाको छाना राखिएको मन्दिरमा पलास्टर, रङ्गरोगन, विद्युुत् जडान र मूर्ति राख्न बाँकी छ ।

वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार रु ८५ लाख लागत अनुुमान गरिएको मन्दिर निर्माणका लागि हालसम्म दाताबाट प्राप्त भएको रु ७५ लाख खर्च भएको छ । बेनी नगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रु १५ लाखबाट नौ लाखमा सभाहल र सन्तआश्रमको भूइँ ढलान सकिएको बताउनुभयो । यस्तै, रु छ लाखमा भकुण्डे–गौस्वारा सडकको दोयडाडादेखि गौशाला जोड्ने एक सय ४० मिटर लामो पदमार्ग निर्माणको तयारी गरिएको छ । यहाँ एउटा आश्रयस्थल भवन निर्माण भइसकेको छ ।

बागलुुङको पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्न अगुवाई गर्नुभएका मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको परिकल्पनाअनुसार यहाँ गौस्वारामा धार्मिक पूर्वाधार निर्माण गर्न थालिएको हो ।

समुन्द्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा रहेको गौस्वाराको पृष्ठभूमिमा हिमशृङ्खला छन् । यहाँबाट परापूर्वकालमा ऋषीमुनिहरूको तपोभूमि पौलत्स्य, गलेश्वर, हम्पाल देखिन्छ भने म्याग्दी, पर्वत र बागलुङको ग्रामीण बस्तीको अवलोकन गर्न सकिन्छ । यस्तै, धौलागिरि, गुर्जा, अन्नपूर्ण र माछापुच्छ«े हिमाल अवलोकन गर्न पाउनु यहाँको आकर्षण हो ।
महायज्ञ आयोजक समितिका सदस्य दिर्घप्रसाद रिजालले गौस्वारामा आयुर्वेद औषधीय हिसाबले महत्त्वपूर्ण स्थानीय रैथाने गाई संरक्षण गर्न गौशाला सञ्चालन गरी गहुँत र गोवरको उपयोग गर्ने योजना रहेको बताउनुभयो । यहाँ नजिकैको जङ्गलमा धेरै प्रकारका जडिबुटी पाइने भएकाले तिनको अनुसन्धान गरी प्रयोगमा ल्याउन अनुसन्धान केन्द्रका रूपमा काम गर्नेसमेत उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो ।




भर्खरै