२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

माओवादी केन्द्र राष्ट्रिय सम्मेलनः ‘राजेन्द्र लिङ्देन’ नदेखिएको पार्टीमा ‘विश्वप्रकाश-गगन’को उदय कति सम्भव

माओवादी केन्द्र राष्ट्रिय सम्मेलनः ‘राजेन्द्र लिङ्देन’ नदेखिएको पार्टीमा ‘विश्वप्रकाश-गगन’को उदय कति सम्भव
अ अ+ अ-

काठमाडौं । नयाँ नेतृत्व चयन गर्ने तालिकासहित नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतवारदेखि काठमाण्डूमा सुरु हुन लागेको छ।

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेमा जस्तै पदासीन नेता पुष्पकमल दाहाल प्रचण्डले नै माओवादी केन्द्रको शीर्ष नेतृत्वमा निरन्तरता पाउने सम्भावना नेताहरूले औँल्याएका छन्।

तर कांग्रेस र एमालेजस्तो प्रचण्डले त प्रतिस्पर्धा पनि सामना गर्नुपर्ने अवस्था अहिलेसम्म देखिएको छैन।

योङ्ग कम्युनिस्ट लीगका पूर्वअध्यक्ष गणेशमान पुन भन्छन्, ‘जनयुद्ध, शान्ति प्रक्रिया र अहिले समाजवादको आधार तयार पार्ने विचारको प्रस्तोता नेता भएकाले मूल नेतृत्वको सन्दर्भमा स्पष्ट नै छ।’

राप्रपाका कमल थापा र माओवादीका प्रचण्ड
पहिलो संविधानसभाको चुनावबाट सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी केन्द्र त्यसपछि माथि उक्लिन सकेन।

त्यसयता तेस्रो ठूलो दलको रूपमा कहिले नेपाली कांग्रेस त कहिले नेकपा एमालेसँग मिलेर सत्ता साझेदारीको अवसर भने पाइरहेकै छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा राजेन्द्र लिङ्देनले आफ्नो पार्टीको दुरवस्थाका सन्दर्भमा ‘केही सीट जित्ने, अरू दलसँग मिलेर सरकारमा एक–दुई सीट लिने अवस्थामा पार्टी रहिरहने’ भन्दै पार्टीलाई माथि उठाउन नेतृत्व परिवर्तनको तर्क गरे।

उनले हिन्दू राष्ट्र र राजसंस्था सहितको मुद्दा बोकेको पार्टी स्थापित गरेका कमल थापालाई चुनावबाट विस्थापित गरिदिए।

तर संसदीय अभ्यासमा झन्डै एक दशकयता पार्टीलाई तेस्रो दलभन्दा माथि उकाल्न नसकेका प्रचण्ड माओवादीमा अझै निर्विकल्प रहेको देखिन्छ।

पुरानै अनुहार अघि सारेर आगामी चुनावमा माओवादीले मतदातालाई कसरी आकर्षित गर्ला त ?

अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने जनतासँगको सम्बन्ध काटिदिएको कमजोरीबारे समीक्षा गर्ने बताए। उनका भनाइमा दुईवटा मुख्य कमजोरी रहे।

एउटा – जुन व्यवस्थाविरुद्ध लडेको हो, अलिअलि परिवर्तनसहित त्यही व्यवस्थामा पुगेको बुझाइले कमजोर बनायो। दोस्रो – राजनीतिक उपलब्धि जति थिए त्योभन्दा धेरै सांस्कृतिक र आर्थिक हिसाबले र गुटगत समस्यामा पार्टी फस्न पुग्यो।

माओवादीमा ‘विश्वप्रकाश (गगन’: कति सम्भव ?
न्यौपाने भन्छन्, ‘आन्तरिक रूपमा देखिएका सांस्कृतिक समस्याहरूको रूपान्तरणसहित हल गर्‍यौँ र मुद्दाहरू ठिक ढङ्गले समात्यौँ भने नेतृत्वको समस्या प्राथमिकताका हिसाबले त्यसपछि मात्र छलफल गर्न सकिने विषय हो भन्ने बुझाइ हो ।’

कांग्रेसमा पनि नेतृत्व पुरानै दोहोरियो। तर महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा विजयी बन्दा ठूलै तरङ्ग उत्पन्न भएको पाइन्छ।

उपसभापति र सहमहामन्त्रीमा पनि नयाँ अनुहार आएका छन्। त्यसले अन्य दललाई पनि प्रभावित तुल्याएको बताइन्छ।

नेता न्यौपानेले पार्टीहरूका उद्देश्य र वर्गीय धरातल फरक हुने भएकाले सङ्गठनात्मक अभ्यास पनि फरक हुने बताए।

त्यसैले कांग्रेसको महाधिवेशनको प्रभाव आन्तरिक रूपमा आफ्नो पार्टीमा खासै नपरेको उल्लेख गर्दै उनले भने, ‘तर बाह्य हिसाबले जनसाधारणमा पारेको प्रभावले हाम्रो पार्टीमा केही न केही प्रभाव पारेको अनुभूति भएको छ।’

कतिपय कांग्रेसमा जस्तै माओवादीको पदाधिकारीमा नयाँ अनुहार आएमा केही नौलोपन आउन सक्ने ठान्छन्।

‘मतदान हुन्छ’
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पूर्वअध्यक्ष हिमाल शर्माका भनाइमा उपाध्यक्ष र महासचिवमा प्रचण्डपछिका नेताहरूबीच प्रतिस्पर्धा देखिन्छ।

तर निर्वाचन प्रक्रिया गयो भने उपमहासचिव, सचिव र कोषाध्यक्षमा प्रतिस्पर्धा हुने बताउँदै उनले भने, ‘पदाधिकारीमा युवा पनि आकाङ्क्षी छन् र प्रतिस्पर्धामा भिड्न तयार छन्।’

अध्यक्षबाहेक अन्य पद बढाएर नेताहरूको व्यवस्थापन गरिने र त्यो सम्भव नभए केन्द्रीय समितिले पछि नै निर्वाचित गर्ने गरी सम्मेलन टुङ्गिने आकलन पनि पाइन्छ।

सकेसम्म सहमतिको प्रयास गर्ने र त्यो सम्भव नभए निर्वाचन गराउने मनस्थितिमा प्रचण्ड रहेको बताउँदै शर्माले भने, ‘कति माथापच्ची गर्ने कार्यकर्तालाई नै चुन्न दिऊँ भन्ने मनोविज्ञान रहेको बुझेको छु।’

माओवादीले युवा, महिला, मुस्लिम र दलितको निम्ति आरक्षणको व्यवस्था गरेको छ।

पार्टीका हरेक तहमा त्यो लागु भएको बताउँदै योङ्ग कम्युनिस्ट लीगका पूर्वअध्यक्ष गणेशमान पुन भन्छन्, ‘पदाधिकारी सहित सबै तहमा विधानको व्यवस्थाअनुसार स्वतः सहभागिता हुन्छ।

राष्ट्रिय सम्मेलनबाट सबै पदाधिकारीको टुङ्गो लाग्नेमा उनी विश्वस्त देखिन्छन्। बीबीसीबाट साभार