१८ असार २०८३, बिहीबार
,
Latest
असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगा–नौबिसे खण्डमा थप बस पुरिएको आशंका, खोजी जारी



अ+ अ-

काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य सडक नागढुंगा–नौबिसे खण्डमा बाढी र पहिरोमा थप सवारी साधन पुरिएको आशंका गरी खोजी सुरु गरिएको छ ।

झ्याप्लेखोलामा पहिरोमा पुरिएका दुई वटा बसका १४ वटा शव भने फेला परिसकेका छन् । अरु पनि सवारी साधन पुरिएको हुनसक्ने आशंकामा आज बिहानैदेखि खोजी जारी छ ।

यता गोरखाको दरौदी यातायातको बससमेत बेपत्ता भएको छ । बिहीबार बिहान गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नं को बस गोरखाको लापुबेसिबाट काठमाण्डौका लागि छुटेको थियो । सोही दिनको राति १० बजे खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्क हुन नसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो तर्फबाट हरतबरबाट खोजी कार्य अघि बढाएको छ तर पनि अहिले सम्म केही खबर पाउन नसकिएकोले गर्दा आ आफ्नो तरिका ले सम्पूर्णमा खोजी कार्यमा लागि आग्रहसमेत गरेको छ ।

यसैबीच धादिङको नौबिसे सडकको पहिरोमा पुरिएर मृत्यु भएका १४ जना बुटवलबाट काठमाडौंका लागि छुटेको बसका यात्रु भएको खुलेको छ ।

बुटवलबाट शुक्रबार बिहान छुटेको लु १ ज ४५७८ नम्बरको विंगर बस शुक्रबार राति नै पुरिएको भए पनि शनिबार साँझमात्रै गाडी र यात्रुको शव फेला परेको पश्चिम नेपाल बस व्यवसायी समितिले जनाएको छ । समितिको बुटवलस्थित टिकट काउन्टरका कर्मचारी लक्ष्मण कार्कीका अनुसार गाडीले बुटवलबाट १३ जना यात्रु लिएर शुक्रबार बिहान हिँडेको थियो ।

लु १ ज ४५७८ नम्बरको उक्त गाडी शुक्रबार बिहान बुटवलबाट छुटेको थियो । गाडी शुक्रबारै राति पहिरोमा पुरिएको थियो । बुटवलबाट १३ यात्रु लिएर हिँडेको उक्त गाडीका यात्रु र चालक गरी १४ जनाको शव फेला परेको नागढुंगा प्रहरीले जनाएको छ ।

गाडीबाट ८ पुरूष, ५ महिला र १ बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ । हालसम्म चालक रमेश लुइँटेल, बुटवल–१६ सेमलारकी सिर्जना कुँवर र प्रकाश कुँवरको पहिचान खुलेको छ ।