५ श्रावण २०८३, मंगलवार
,
Latest
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय तृतीया : शिवालयमा भक्तजनको घुइचो



eQmk’/, @% kmfu’g M ;”o{ljgfos gu/kflnsf–* l;kf8f]nl:yt s]bf/gfysf] lz/ 8f]n]Zj/ dxfb]j dlGb/df dxflzj/flq d]nfdf k”hfcr{gf ug{ cfPsf] bz{gfyL{sf] eL8 . tl:a/ M /d]z lu/L÷ /f;;
अ+ अ-

काठमाडौं । अक्षय तृतीया पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ ।

पशुपतिनाथलगायत देशभरका शिवालयमा जम्मा भएका भक्तजनले पूजा, आराधना एवं दर्शन गरी अक्षय तृतीया पर्व मनाउँदै छन् ।

आज सोमबार भएकाले पशुपतिनाथलगायत शिवालयमा यत्तिकै भक्तजनको घुइँचो हुने गरेकामा अक्षय तृतीया पर्व पनि परेकाले भक्तजनको लर्को लागेको हो । बिहानैदेखि भक्तजनको घुइँचो भएकाले पशुपति क्षेत्रमा आज दर्शनार्थीका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रका धेरै स्थानमा सातु सर्वत खाने व्यवस्था पनि मिलाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।

अक्षय तृतीयाका दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो ।

गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने उनले सुनाए । सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ ।

यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।