५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

गढीमाई बली प्रथा: ५ हजार बढी राँगाको बलि दिईयो अझै बढ्न सक्ने

गढीमाई बली प्रथा: ५ हजार बढी राँगाको बलि दिईयो अझै बढ्न सक्ने
अ+ अ-

बारा । गढीमाई मेलामा मंगलबार पाँच हजार बढी राँगाको बलि चढाइएको छ । मंगलबार बिहान पञ्चबली पूजापछि राँगा बलि चढाउने कार्य सुरु भएको थियो । राति अबेरसम्म पनि बलि चढाउने काम जारी रहेकाले यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ । पुजारी परिवारबाट तान्त्रिक विधिअनुसार पञ्चबलीको पूजा सकेपछि बली दिने कार्य सुभारम्भ भएको हो । गढीमाईको बलिका लागि बोका, राँगा, परेवा, जंगली मुसो, खरायो गरी पञ्चबली दिएपछि राँगा बली दिने चलन रहेको छ ।

मंगलबार राँगाको बलि दिने तथा बुधबार बोका, हाँस, कुखुरा, परेवालगायतको बलि दिने कार्य हुने गढीमाईका पुजारी मंगल चौधरीले बताए । नेपालमात्रै नभई भारतबाट पनि बलि चढाउन आउनेहरूको संख्या उल्लेख्य छ । प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाईको मेलामा मनोकामना पूरा भएपछि भाकल दिन यसरी राँगा, बोका, परेवा, मुसो, खरायो, कुखुरालगायतको असंख्यमा बलि दिन आउने गरेका छन् ।

गढीमाई विकास समितिद्वारा बनाइएको रंगशालामा सोमबार रातिसम्म ३ हजार ४ सय ४१ राँगा बुझाएको थियो भने रंंगशाला बाहेक खुला खेतमा श्रद्धालुहरूले आफैंले समेत बलि दिएका छन् । जसले गर्दा एकिन संख्या पत्ता लगाउन कठिन हुने गरेको छ । बलिको बाहिर चर्को विरोध हुने गरेका कारण समितिले पनि यकिन संख्या दिने नगरेको आरोप लाग्दै आएको छ । बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबैभन्दा बढी घुइँचो लागेको छ ।

नेपाल, भारत र सार्क राष्ट्र, दक्षिण एसियाबाट गरी करिब ६० लाखभन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पुजारी चौधरीले बताए । मेलामा आउने करिब नौओटा बाटोमा गाडी र पैदल हिँड्ने भक्तजनको उत्तिकै भीड रहेको छ । भारतको दिल्ली, बुम्बई, कोलकता, हैदरावाद, पटना, मोतिहारी दरभंगा, सीतामडी, बेतिया, रक्सौल, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र बंगलादेश, पाकिस्तान, बर्मादेखिबाट भक्तजन अवलोकन गर्न आउने गरेका गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताए ।

बलि दिन आएकोहरूबाट प्रति राँगा पाँच सय चिराकी लिएकोमा करिब १७ लाख २० हजार ५ सय रुपियाँ संकलन भएको छ । राँगा काट्ने व्यक्तिलाई ज्याला बापत रकम दिनलाई यसरी चिराकी लिने गरेको समितिले जनाएको छ । यसको रकम बढ्न सक्ने छ, यकिन विवरण मेलापछि सार्वजनिक गरिने मेला समितिले जनाएको छ । बलिका कारण मेलामा जताततै फोहर नै फोहर रहेको भक्तजनले गुनासो गरेका छन् । बोका बलि भने बुधबार बिहान चार बजेबाट सुरु हुने पुजारी चौधरीले जानकारी दिए । सौर्य दैनिकबाट