२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद झाँक्रीको प्रश्नः मट्टितेलमा आन्दोलन गर्ने विद्यार्थी संगठनहरू चामल र पेट्रोलको मूल्यवृद्धिमा किन मौन ?



अ+ अ-

काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

आईतवार काठमाडौंमा विद्यार्थी संगठनहरूको भुमिका र वर्तमान सामाजिक अवस्थाबारे आयाजित कार्यक्रममा बोल्दै उहाँले विद्यार्थी आन्दोलन आफ्नो साख र एजेण्डाबाट च्युत भएको तर्क गर्नुभएको हो ।

उहाँले बजारमा चामलको मूल्य एकै चोटी बोरामा साढे तीन सय रुपैयाँ बढ्दा पनि उपभोक्ता र विद्यार्थी संगठनहरूले प्रतिकार नगरेकोमा अचम्म व्यक्त गर्नुभयो । जनता र विद्यार्थीले मूल्यवृद्धिलाई ‘रिभेन्ज’ (बदला) का रूपमा हेरेर चुप बसेको हुनसक्ने उहाँको अनुमान छ । झाँक्रीले आन्दोलन एकै चोटी नहुने र यसका लागि वैचारिक तयारी चाहिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले कुनै बेला मट्टितेलमा खाना पकाउने विद्यार्थीका लागि सहुलियत चाहिन्छ भनेर सडक ततायौँ, सार्वजनिक यातायातमा विद्यार्थी छुटका लागि लड्यौँ । तर आज भारतमा पेट्रोलको मूल्य १०७ भारु हुँदा नेपालमा २१९ रुपैयाँ पुगिसक्यो, विद्यार्थी र पठाओ चालकहरू चुपचाप तिरिरहेका छन् ।

किन आज कसैलाई चित्त दुखेको छैन ? जनताले अस्ति ताली बजाएर भोट हालेका थिए, अहिले तिनैले घाँटी च्यापिरहेका छन् । यो परिस्थिति म्याच्युर्ड हुन दिनुपर्छ, जब जनता र विद्यार्थीलाई साँच्चै महशुस हुन्छ, तब मात्र कक्षाकोठाबाट विद्रोह निस्किन्छ । जनतालाई फिल हुनुपर्छ । यदि चामल महँगो भएको र महँगीले ढाड सेकेको जनतालाई महशुस भएको छैन भने नेता मात्र उफ्रिएर केही हुनेवाला छैन ।’

सांसद झाँक्रीले ठूला राजनीतिक दलहरूको अकर्मण्यता र आन्तरिक कमजोरीका कारण देशमा ‘विचारधारात्मक क्राइसिस’ उत्पन्न भएको बताउनु भयो । पार्टीहरूले कार्यकर्तालाई विचारवान बनाउनुको साटो ‘उपभोक्ता’ बनाएको भन्दै उहाँले आलोचना गर्नुभयो । पार्टीभित्रका सिन्डिकेट र गुटतन्त्रमाथि प्रहार गर्दै उहाँले नयाँ मान्छेलाई आउन नदिने र आफ्ना मान्छेको लिस्ट मात्र बाँड्ने प्रवृत्तिले संगठनात्मक संरचना ध्वस्त भएको बताउनु भयो ।

झाँक्रीले भन्नुभयो, ‘अस्ति निर्वाचनमा के भयो ? सुधारिएको काँग्रेस १८ सिटमा खुम्चियो, एमाले ९ सिटमा र नेकपा ७ सिटमा । यो अरू कसैको दोष होइन, हाम्रै नालायकीका लागि जनताले दिएको सजाय हो । हामी सुध्रिएनौँ भने यो सजाय अझै कडा हुनेछ । अण्डाबाट चल्ला निस्किनु उसको आन्तरिक कारण हो, ढुङ्गालाई जति ताप दिए पनि चल्ला निस्किँदैन । हाम्रा पार्टी र संगठनहरू अहिले भत्किनुको मुख्य कारण हाम्रो आफ्नै आन्तरिक कमजोरी हो, वाह्य तत्व त सहायक मात्र हुन् ।’

झाँक्रीले प्रदेश सरकार र संघीयताको कार्यान्वयनमा पनि प्रश्न उठाउनु भयो । संघमा जे छ, प्रदेशमा पनि त्यही समानान्तर संरचना बनाएर राज्यको स्रोत दोहन गरिएको उहाँको आरोप छ । –न्युज एजेन्सी नेपाल