११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

विश्वलाई चकित पार्ने फेरी घट्यो यस्तो घटना, ससुरालीमा लामखुट्टेले सैनिकलाई टोेकेपछि….

विश्वलाई चकित पार्ने फेरी घट्यो यस्तो घटना, ससुरालीमा लामखुट्टेले सैनिकलाई टोेकेपछि….
अ अ+ अ-

काठमाडौं । गत आइतबार एक भारतीय सेनाका जवानले गुडिरहेको कारभित्र आफ्नी श्रीमती र सालीलाई गोली हानी हत्या गरेर आफैंलाई पनि गोली हानेको खबर सार्वजनिक भएको थियो । अब यो घटनाबारे नयाँ खुलासा भएको छ । जानकारीका अनुसार विष्णु शर्मालाई ससुरालीमा बस्ने बेला लामखुट्टेले टोकेको र त्यसैका कारण उनलाई डेंगु लागेको हुनसक्ने शंका गरेका थिए । जब उनले कारभित्र यस विषयमा चर्चा गरे तब श्रीमती र उनकी सालीले विरोध गरे । तत्पश्चात् उनलाई रिस उठेको र गुडिरहेको कारभित्रै दुबैजनालाई गोली हानेको खबर भारतीय मिडिया आजतकले लेखेको छ ।

स्रोतका अनुसार गत नोभेम्बर २२ तारिखमा विष्णु शर्माकी साली डिम्पलको विवाह थियो जसका कारण उनी ससुराली गएका थिए । तर त्यति नै बेला उनलाई डेंगु भयो जसका कारण उनको मानसिक स्थिती बिग्रियो । परिवारका सदस्य आइतबार पटना एम्समा उनलाई उपचारका लागि लैजादैं थिए त्यति नै बेला उक्त घटना भएको हो ।

कार चलाइरहेका उनका कान्छा ससुरा मिथलेश ठाकुरले दिएको जानकारी अनुसार गाडीभित्र विष्णुले ससुरालीको लामखुट्टेले टोकेका कारण उनलाई डेंगु भएको बताएपछि उनकी श्रीमती र सालीले उनको विरोध गरे । यसै कुरामा रिसाएर उनले आफ्नो लाइसेन्सयुक्त बन्दुकबाट गोली चलाउन सुरु गरे । मिथलेशले अगाडि बसेका उनका दुई सन्तानलाई स्थानीयको सहयोगमा बचाउन सफल भए ।

जानकारीका अनुसार विष्णु शर्मा सुरुदेखि नै मानसिक रुपमा उग्र थिए जसका कारण उनी थुप्रै पटक जेलसमेत जानु परेको थियो । उनी थुप्रै पटक कि त पुलिससँग वा अन्य व्यक्तिसँग झगडा गरिरहेको पाइन्थे । उनको मानसिक रोगका कारण परिवार तनावमा थिये र उनको उपचारका लागि पटना लैजादैं थिए । सुरुमा उनले आफ्नी साली डिम्पल र त्यसपछि श्रीमती दमिनीलाई गोली हानेर आफूमाथि पनि गोली चलाएर आत्महत्या गरे ।