५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

अस्वीकृत चिनियाँ गाई फेरि नेपाल ल्याइँदै, एउटै गाईको मूल्य चार लाख

अस्वीकृत चिनियाँ गाई फेरि नेपाल ल्याइँदै, एउटै गाईको मूल्य चार लाख
अ+ अ-

काठमाडौं । सरकारले नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने चिनियाँ गाई ल्याउन फेरि प्रक्रिया थालेको छ। पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि चिनियाँ गाई भित्र्याउने पहल भएको थियो। पशुसेवा विभाग र पशु विज्ञहरूले चिनियाँ गाई नेपाली हावापानी अनुकूल नभएको निष्कर्षसहित सुझाव दिएपछि सरकार पछाडि हटेको थियो। यसपटक भने प्रदेश सरकारमार्फत चिनियाँ गाई ल्याउन लागिएको हो। नेपालमा उन्नत जातका चिनियाँ गाई भित्र्याउने परियोजनाका लागि चीनले ३२ अर्ब रुपैयाँ अनुदान दिन लागेको छ। अनुदान रकम चीनले नेपाललाई प्रतिबद्धता गरेको सहायता रकमबाटै कट्टा गरिनेछ।

प्रदेश सरकारमार्फत कार्यान्वयन गर्न लागिएको परियोजनाअन्तर्गत चीनबाट १७ हजार ‘होलेस्टिन फ्रिजियन’ जातका गाई ल्याइनेछ। नेपालमा विदेशी गाईबस्तु असफल भएको पृष्ठभूमि छ। २०३३ मा पनि कृषि क्रान्ति भन्दै ‘कृषि–वर्ष’ मनाउने क्रममा भारतबाट गाई, साढे, भैंसी, राँगा, बोका, बाख्रा, भेडा, गधालगायत भित्र्याउन भन्दै ठूलो रकम खर्च गरिएको थियो। तर, ती कुनै पनि पशु नेपालको हावापानी अनुकूल नभएपछि राज्यको ठूलो लगानी खेर गएको थियो। त्यति बेला कर्मचारी र मन्त्रीको मिलेमतोमा रकमको चरम दुरुपयोग भएको २०३४–२०३५ को महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

एउटा गाईको मूल्य चार लाख: विमानबाट ढुवानी गरी चिनियाँ गाई नेपाल ल्याइपुर्याउँदा एउटाको मूल्य चार लाख रुपैयाँ पर्छ। एकपटकमा चार सयसम्म गाई ल्याउन सकिने बताइएको छ। चीनबाट ल्याइने होलेस्टिन फ्रिजियन जातको गाईको गाई उत्पादन केन्द्र (ब्रिडिङ फार्म) मा गाई र साँढे (बहर) वितरण गरिनेछ। सार्वजनिक निजी साझेदारीमा सञ्चालन हुने यस्ता फार्मबाट उत्पादन गरिएका गाई देशभर पुर्याइनेछ। चिनियाँ अनुदान सहयोगमा सञ्चालन हुन लागेको यो परियोजना कार्यान्वयन सुरु भएको चार वर्षसम्मका लागि हो।

त्यस अवधिमा मुलुकका अधिकांश स्थानमा होलेस्टिन फ्रिजियन जातका गाई वितरण भइसक्ने दाबी सरकारको छ। परियोजना पहिलोपल्ट प्रदेश ३ सरकारले कार्यान्वयन गर्नेछ। यसका लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सक्रियता देखाएका छन्। उनी दुग्ध विकास बोर्डको अध्यक्ष हुँदादेखि नै यो परियोजनातर्फ लालयित थिए। प्रदेश सरकारले ब्रिडिङ फार्म सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्दै छ। परियोयजना प्रतिवेदन निर्माण भइरहेको प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले बताए।

‘मंगलबार यससम्बन्धी स्टेरिङ कमिटीको बैठक बसेर प्रतिवेदन तयार पार्ने निर्णय भएको छ’, उनले भने, ‘परियोजना प्रतिवेदनमा कुनकुन ठाउँमा गाई पालन गर्ने, कहाँ डेरी राख्ने, गाई नै ल्याउने वा बिज ल्याउने उल्लेख हुनेछ।’ प्रतिवेदन तयार भएपछि काम अघि बढ्ने मन्त्री लामाले बताए। मन्त्री लामा संयोजक रहेको स्टेरिङ कमिटीमा प्रदेश ३ को आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल सहसंयोजक र प्रदेशका विभिन्न मन्त्रालयका सचिव र प्रदेशसभा सदस्य सदस्य छन्।

विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि परियोजना कार्यान्वयन सम्झौता हुने प्रदेश ३ सरकारका दुुग्ध विकास बोर्डका निर्देशक तथा कार्यदलका सदस्य सचिव डा. नारायण श्रेष्ठले बताए। एउटा गाईले दैनिक ३० लिटर दूध दिने प्रचार गरिएको छ। यसपछि अन्य प्रदेश पनि गाई भित्र्याउन पहल गरिरहेका छन्।

यसका लागि उनीहरूले ‘चाइनिज एकेडमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स (केम्स)’ र केम्सको भ्रातृ संगठन ‘चिसिएमसी इन्जिनियरिङ’ सँग सम्झौता गरेका छन्। प्रदेश नम्बर २, ३ र ४ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयसँग द्विपक्षीय समझदारी भइसकेको छ। प्रदेश ५ र ६ मा पनि परियोजना सञ्चालन गर्न सम्भाव्यता अध्ययन सुरु भएको छ।

किसान र डेरी सञ्चालकको विरोध:परियोजनाको सुुरुदेखि विभिन्न समूह तथा पशुुपालक क्षेत्रबाट विरोध हुुँदै आएको छ। प्रदेश १ ले भने परियोजना बहिष्कार गर्ने बताएको छ। प्रदेश ३ कार्यदल सदस्यमा मनोनीत केन्द्रीय दुुग्ध सहकारी संघका पदाधिकारीले प्रदेश सरकारले बोलाएको बैठक बहिष्कार गरेका छन्। संघका अध्यक्ष नारायण देवकोटाले चीनबाट गाई ल्याउँदा नेपाली गाई विस्थापित हुने बताए। उनले चिनियाँ गाईपालनका लागि चाहिने खर्च किसानसँग नभएको पनि बताए।

संघले चिनियाँ लगानीको गाईको प्रवेश, कृषिको प्राथमिक तहमा वैदेशिक लगानीको सवाल भएकाले देशभरका दुुग्ध किसान र दुुग्ध सहकारी सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ। अध्यक्ष देवकोटाले चलखेलका आधारमा प्रदेश सरकारले मिलोमतो गरी हावापानी प्रतिकूल गाई भित्र्याउन लागिएको बताए। ‘पालिएका गाई प्रतिस्थापन गर्ने र चिनियाँ गाई पनि सम्भाव्य भएनन् भने किसानको आयस्ता खोसिन्छ,’ उनले भने। ठूला डेरी उद्योगका सञ्चालकले पनि चिनियाँ अनुदानबाट सार्वजनिक निजी साझेदारीका नाममा ब्रिडिङ फार्म सञ्चालनका लागि सरकार निकट व्यक्तिलाई दिन लागेको भन्दै विरोध गरेका छन्।

नेपालमा २२ लाख दूधालुु गाई छन्। यसमध्ये दैनिक १० लिटर दूध दिने जर्सी र होलेस्टिन जातको पाँच लाख गाई छन्। बाँकी औसत करिब तीन लिटर दूध दिने स्थानीय जातका गाई छन्। स्वदेशमा दैनिक झन्डै पाँच लाख लिटर दूध उत्पादन भइरहेको छ। दूध उत्पादनमा २० हजार प्रत्यक्ष रोजगारी र पाँच लाख किसान प्रत्यक्ष संलग्न छन्। झन्डै एक हजार आठ सय दुुग्ध सहकारीमार्फत दूध संकलन गरी डेरी उद्योग सञ्चालन भइरहेको छ। अन्नपुर्णपोष्ट दैनिकबाट