२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरकानुनी कार्य गर्ने तीन सय बढी पक्राउ



अ+ अ-

काठमाडौँ।  जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सुरक्षालाई मजबुद बनाउन पछिल्लो छ महिनामा विभिन्न गैरकानुनी कार्यमा संलग्न ३०९ जनालाई नियन्त्रणमा लिएको छ।

आज आयोजित पत्रकार भेटमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवकुमार भट्टराईले पक्राउ परेकामध्ये ६१ जनाविरुद्ध मुद्दा दायर भएको जानकारी दिनुभयो ।

सो अवधिमा काठमाडौँ प्रहरीले विभिन्न सार्वजनिक कार्यालयमा सेवाग्राहीलाई दुःख दिने २१ बिचौलिया, सर्वसाधारणलाई दुःख हैरानी दिने १३६, यौनजन्य कार्य १२८ र गुण्डागर्दीमा संलग्न २४ जनालाई पक्राउ गरेको छ ।

युगाण्डाबाट नेपालमा आई यौन व्यवसाय सञ्चालन गर्ने २० महिलालाई एक वर्षसम्म नेपाल आउन नपाउनेगरी अध्यागमन विभागबाट ‘डिपोर्ट’ गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । रासस