२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बफर स्टेट’ औपनिवेशिक अवधारणा हो: कमल थापा



कमल थापा
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्व परराष्ट्रमन्त्री कमल थापाले ‘बफर स्टेट’ एक औपनिवेशिक अवधारणा हो, जुन नेपालका लागि कदापि स्वीकार्य हुन सक्दैन भन्नु भएको छ ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेको राष्ट्रिय प्रतिबद्धतामा विदेश नीति परिचालनका सन्दर्भमा नेपाललाइ चीन र भारतको ‘बफर स्टेट’ का रूपमा नलिइ ‘भाइब्रेन्ट ब्रिज’ (पुल) का रूपमा अघि बढाउने भनेपछि त्यसको विरोध भइरहेको छ ।

सामाजिक संजालमा एक पोस्ट गर्दै श्री थापाले भन्नुभएको छ, ”विगतमा नेपालका कुनै पनि राजा वा नेताहरूले नेपालको पहिचानका सन्दर्भमा ‘बफर स्टेट’ (Buffer State) शब्द प्रयोग गरेको मलाई जानकारी छैन। वास्तवमा ‘बफर स्टेट’ एक औपनिवेशिक अवधारणा हो, जुन नेपालका लागि कदापि स्वीकार्य हुन सक्दैन।”

​हालै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्र र बालेन सरकारद्वारा प्रस्तावित ‘राष्ट्रिय प्रतिबद्धता पत्र’मा नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’ (Vibrant Bridge) मा रूपान्तरण गर्ने नीति सार्वजनिक भएपछि यो विषय चर्चाको शिखरमा छ।

यदि राष्ट्रिय स्वतन्त्र पार्टीको उक्त अवधारणा जानीबुझी वा कुनै नियतवश आएको हो भने त्यो अत्यन्तै आपत्तिजनक छ। त्यसलाई सम्बन्धित पार्टी र सरकारले तत्काल सच्याउनु पर्दछ, उहाँले भन्नु भएको छ ।

​उहाँले अगाडि भन्नुभएको छ,  यद्यपि, मैले शङ्काको सुविधा दिँदै बालेन सरकारको नीतिलाई फरक ढङ्गले बुझेको छु। यसलाई दुई छिमेकी मित्रराष्ट्र भारत र चीनसँग सन्तुलित एवं सुमधुर सम्बन्ध कायम राख्दै, नेपाललाई दुई देशबीचको गतिशील व्यापारिक केन्द्र बनाउने एउटा व्यावहारिक रणनीतिको रूपमा लिएको छु, जुन नेपालका लागि उपयुक्त हुनसक्छ।