२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

‘बफर स्टेट’ औपनिवेशिक अवधारणा हो: कमल थापा

‘बफर स्टेट’ औपनिवेशिक अवधारणा हो: कमल थापा
कमल थापा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्व परराष्ट्रमन्त्री कमल थापाले ‘बफर स्टेट’ एक औपनिवेशिक अवधारणा हो, जुन नेपालका लागि कदापि स्वीकार्य हुन सक्दैन भन्नु भएको छ ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेको राष्ट्रिय प्रतिबद्धतामा विदेश नीति परिचालनका सन्दर्भमा नेपाललाइ चीन र भारतको ‘बफर स्टेट’ का रूपमा नलिइ ‘भाइब्रेन्ट ब्रिज’ (पुल) का रूपमा अघि बढाउने भनेपछि त्यसको विरोध भइरहेको छ ।

सामाजिक संजालमा एक पोस्ट गर्दै श्री थापाले भन्नुभएको छ, ”विगतमा नेपालका कुनै पनि राजा वा नेताहरूले नेपालको पहिचानका सन्दर्भमा ‘बफर स्टेट’ (Buffer State) शब्द प्रयोग गरेको मलाई जानकारी छैन। वास्तवमा ‘बफर स्टेट’ एक औपनिवेशिक अवधारणा हो, जुन नेपालका लागि कदापि स्वीकार्य हुन सक्दैन।”

​हालै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्र र बालेन सरकारद्वारा प्रस्तावित ‘राष्ट्रिय प्रतिबद्धता पत्र’मा नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’ (Vibrant Bridge) मा रूपान्तरण गर्ने नीति सार्वजनिक भएपछि यो विषय चर्चाको शिखरमा छ।

यदि राष्ट्रिय स्वतन्त्र पार्टीको उक्त अवधारणा जानीबुझी वा कुनै नियतवश आएको हो भने त्यो अत्यन्तै आपत्तिजनक छ। त्यसलाई सम्बन्धित पार्टी र सरकारले तत्काल सच्याउनु पर्दछ, उहाँले भन्नु भएको छ ।

​उहाँले अगाडि भन्नुभएको छ,  यद्यपि, मैले शङ्काको सुविधा दिँदै बालेन सरकारको नीतिलाई फरक ढङ्गले बुझेको छु। यसलाई दुई छिमेकी मित्रराष्ट्र भारत र चीनसँग सन्तुलित एवं सुमधुर सम्बन्ध कायम राख्दै, नेपाललाई दुई देशबीचको गतिशील व्यापारिक केन्द्र बनाउने एउटा व्यावहारिक रणनीतिको रूपमा लिएको छु, जुन नेपालका लागि उपयुक्त हुनसक्छ।