७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

शिक्षाको सुधारका लागि मन्त्रीसमक्ष सुझाव पेस

शिक्षाको सुधारका लागि मन्त्रीसमक्ष सुझाव पेस
सस्मित पोखरेल/फाइल फोटो
अ+ अ-

काठमाडौँ। प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको शिक्षा प्रणालीमा देखिएका संरचनात्मक, नीतिगत तथा गुणस्तरीय समस्या समाधान गर्न ‘शिक्षाको समग्र सुधारका लागि सुझाव पत्र २०८३’ सरकारसमक्ष सुझावस्वरूप बुझाएको छ ।

परिषद्का राष्ट्रिय अध्यक्ष प्रा डा दयाराम भुसाल नेतृत्वको टोलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई भेटगरी उक्त सुझावपत्र बुझाएको हो । परिषद्ले शिक्षा क्षेत्रलाई राष्ट्र निर्माणको मुख्य आधार मान्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन स्पष्ट दृष्टिकोणसहित सुधारका योजना ल्याउन आग्रह गरेको छ । सुझावपत्रमा विद्यालय शिक्षा विधेयक, उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, राष्ट्रिय योग्यता प्रारूपलगायत महत्वपूर्ण विधेयक शीघ्र जारी गर्नसमेत सरकारसमक्ष आग्रह गरिएको छ ।

परिषद्ले सुझावमा विशेष गरेर प्रवेश, परीक्षा, परिणाम, पात्रो र परिसरसँग जोडिएका विषयलाई समावेश गरी सुझावपत्र तयार गरेर पेस गरेको छ । सुझावपत्रमा नेपाली भाषालाई शिक्षाको आधिकारिक माध्यम भाषा बनाउने, मातृभाषा तथा नेपाली भाषामा पठनपाठन र परीक्षा सञ्चालन सुनिश्चित गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको छ ।

साथै, शिक्षा क्षेत्रमा विदेशी प्रभाव कम गर्दै कुल राष्ट्रिय बजेटको न्यूनतम २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्न शिक्षामन्त्रालयसमक्ष सुझाव प्रस्तुत गरिएको छ । परिषद्ले शिक्षक व्यवस्थापनमा देखिएको अव्यवस्था, विषयगत शिक्षक अभाव, राजनीतिक हस्तक्षेप, सरुवा–बढुवा प्रक्रियाको अस्पष्टता तथा सेवासुविधाको समस्या समाधान गरी योग्यता र क्षमताका आधारमा शिक्षक नियुक्ति प्रणाली विकास गर्नुपर्ने उल्लेख गरेको छ ।

त्यस्तै, सुझावपत्रमा विद्यालय तहदेखि नै नैतिक शिक्षा, नागरिक शिक्षा, संस्कृत शिक्षा, योग, विज्ञान तथा सूचना प्रविधि प्रयोगशालाजस्ता विषयलाई अनिवार्य बनाउँदै व्यावहारिक, प्रयोगात्मक र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने भनिएको छ । पाठ्यक्रमलाई नेपालको भूगोल, इतिहास, संस्कृति, कृषि, पर्यटन, ऊर्जा र उत्पादनमुखी आवश्यकतासँग जोडेर पुनःसंरचना गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

आधारभूत र माध्यमिक शिक्षालाई निःशुल्क गर्ने, विद्यालयमा घट्दो सङ्ख्याका कारण विद्यालयको पुनःनक्साङ्कन गर्नुपर्ने, बालमनोविज्ञानका आधारमा अध्यापन गरिनुपर्ने, विद्यार्थीको शारीरिक, मानसिक, बौद्धिक र आध्यात्मिक विकासका लागि शिक्षामा सोहीअनुसारको वातावरण निर्माण गरिनुपर्ने विषयलाई केन्द्रमा राख्दै सुझावपत्र प्रस्तुत गरेको छ ।

विद्यालय तहमा बढ्दो ‘ड्रपआउट’, इन्टरनेट र पुस्तकालय अभाव, ग्रामीण तथा हिमाली क्षेत्रका विद्यालयमा न्यून विद्यार्थी अनुपात र शिक्षक दरबन्दी असन्तुलनजस्ता समस्या समाधान गर्न विशेष योजना ल्याउनका लागि सुझावपत्रमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै उच्च शिक्षातर्फ विश्वविद्यालयमा बढ्दो राजनीतिक हस्तक्षेप, अनुसन्धानको कमजोर अवस्था, विदेशी विश्वविद्यालयका अनियमित कार्यक्रम, दक्ष जनशक्ति पलायन तथा रोजगारसँग असम्बद्ध पाठ्यक्रमप्रति गम्भीर बन्दै यथाशीघ्र समस्याको समाधानका लागि आग्रह गरिएको छ । सुझावपत्रमा विश्वविद्यालयलाई अनुसन्धान, नवप्रवर्तन, रोजगार र राष्ट्रिय आवश्यकतासँग प्रत्यक्ष जोड्ने नीति अवलम्बन गर्न आग्रह गरिएको छ ।

यसैगरी, प्राविधिक तथा व्यावसायिक शिक्षालाई श्रम बजारसँग जोडेर ‘सिक्दै कमाउँदै’ मोडेल लागू गर्नुपर्ने, कृषि, स्वास्थ्य, विज्ञान तथा सूचना प्रविधिमा विशेष अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने, तथा प्रत्येक प्रदेशमा विशिष्ट अनुसन्धान केन्द्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

शिक्षा सुधार केबल पाठ्यक्रम परिवर्तनमा सीमित नभई नीति, भाषा, शिक्षक, पूर्वाधार, बजेट, अनुसन्धान, रोजगारी र राष्ट्रिय चरित्र निर्माणसँग जोडिएको समग्र विषय भएकाले सरकार, विश्वविद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी सबैको साझा प्रयास आवश्यक रहेकोसमेत जानकारी गराउँदै त्यसमा रचनात्मक भूमिका निर्वाह गर्नमा परिषद्ले सहयोग गर्ने जानकारी गराएको छ । रासस