६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ करोड ५० लाख ठगी मुद्दाका फरार दुई प्रतिवादी काठमाडौँबाट पक्राउ



अ+ अ-

काठमाडौँ । ठगी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार करिब ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेका शान्तीरमण पंगेनी र टिका पंगेनीलाई पक्राउ गरिएको हो।

कमल प्रसाद ज्ञवालीको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा कास्की जिल्ला अदालतले २०८२ चैत ५ गते नै पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि फरार रहेका उनीहरूको खोजतलास जारी रहेको थियो।

यसै क्रममा प्रहरी टोलीले २०८३ वैशाख २ गते दिउँसो करिब १ बजे काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ७ बाट दुवै जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की, पोखरामा पठाइएको छ।

पक्राउ पर्ने शान्तीरमण पंगेनी स्याङ्जा जिल्लाका स्थायी बासिन्दा हुन् भने हाल टोखामा बस्दै आएका थिए। अर्का प्रतिवादी टिका पंगेनी पनि टोखा नगरपालिका क्षेत्रकै बासिन्दा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ठगीसम्बन्धी मुद्दामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य समेत जारी रहेको छ।