२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श हुन्’: प्रधानसेनापति सिग्देल



अ+ अ-

महोत्तरीको बर्दिवासस्थित मध्य पृतना मुख्यालयमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’ मा प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरूलाई समाजका उर्जा र आदर्शका स्रोत भएको बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रको सार्वभौमिकता रक्षा, आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय रहेको उल्लेख गरे। उनले नेपाली सेनाले निर्वाह गरेको भूमिकाले संस्थालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय र सम्मानित बनाएको पनि बताए।

प्रधानसेनापति सिग्देलले हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले देखाएको कार्यकुशलता प्रशंसनीय रहेको बताए। उनले अन्य सुरक्षा निकाय तथा निर्वाचन आयोगसँगको सहकार्यले सेनाको पेशागत दक्षता र निष्पक्ष चरित्र झल्किएको उल्लेख गरे।

अवकाश प्राप्त सैनिकहरूलाई अनुशासित, जिम्मेवार र मर्यादित नागरिकका रूपमा समाजमा प्रस्तुत हुन आग्रह गर्दै उनले स्थानीय तहमा उत्पादनशील, सृजनशील र उद्यमशील गतिविधिमा संलग्न हुन आह्वान गरे। साथै, नेपाली सेनाको कल्याणकारी कोषमार्फत प्रदान गरिने सेवाहरूलाई विकेन्द्रिकृत, पारदर्शी र परिणाममुखी बनाउँदै शिक्षा, स्वास्थ्य, स्वरोजगार र सीप विकासका क्षेत्रमा पहुँच विस्तार भइरहेको जानकारी दिए।

उनले कल्याणकारी कार्यक्रमहरूलाई विवरणमुखीभन्दा परिणाममुखी, आत्मनिर्भर र आयमूलक बनाउनुपर्नेमा जोड दिँदै अवकाश प्राप्त सैनिकहरूको सुझाव, समन्वय र सहकार्य दिगो नतिजाका लागि अपरिहार्य रहेको बताए।

कार्यक्रममा मध्य पृतना अन्तर्गतका विभिन्न जिल्लाबाट आएका अवकाश प्राप्त सैनिक तथा उनीहरूका परिवारजनको उल्लेख्य सहभागिता रहेको थियो। यस वर्षको सम्मेलन ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण, पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको हो।




न्यूजपोलारबाट थप समाचार
भर्खरै