५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

मेलम्ची आउँने कहिले–कहिले, आएपनि काठमाडौंका ११ लाख मानिसलाई पानी पुग्दै नपुग्ने

मेलम्ची आउँने कहिले–कहिले, आएपनि काठमाडौंका ११ लाख मानिसलाई पानी पुग्दै नपुग्ने
अ+ अ-

काठमाडौं । सरकारले आगामी असारभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने गरी कामलाई तीव्रता दिएको छ । खानेपानी मन्त्रालयले सोहीअनुरूप गत असोजमा चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरी ठेक्का लिएर काम अघि बढाएको छ । ११ महिना ठप्प रहेको आयोजनाको काम अघि बढेसँगै पानी ल्याउने नयाँ डेडलाइनसमेत घोषणा गरिएको हो । आयोजना थालनी भएको आउँदो १२ पुसमा १८ वर्ष पूरा भई १९ वर्ष लाग्दै छ । बितेका १८ वर्षमा मेलम्ची आयाजनको कुल ९० प्रतिशत मात्र काम भएको छ ।

मेलम्ची विकास समितिअनुसार मेलम्चीको पानी काठमाडौं झार्ने काम आउने असारमा सम्पन्न हुनेछ । तर, सबै संरचना बनाएर आयोजना सम्पन्न गर्न १४ महिना लाग्नेछ । आयोजनाका अनुसार २०७७ पुसमा सबै काम सम्पन्न हुनेछ । अहिले काठमाडौं उपत्यकाको प्रक्षेपित चलायमान जनसंख्या ४२ लाख रहेको छ । त्यो जनसंख्यालाई काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दैनिक १४ करोड लिटर पानी उपलब्ध गराइरहेको छ । सहरी क्षेत्रमा दैनिक प्रतिव्यक्ति एक सय लिटर पानी आवश्यक पर्ने प्रचलित मापदण्ड छ ।

त्यसअनुसार हाल काठमाडौं उपत्यकाको खानेपानी माग दैनिक ४२ करोड लिटर हो । मेलम्चीको पानी आउँदा (पहिलो चरणअन्तर्गत) दैनिक १७ करोड लिटर थपिनेछ । यसअनुसार काठमाडौंमा उपलब्ध पानी ३१ करोड लिटर पुग्नेछ । यसले ३१ लाख मानिसलाई मात्र खानेपानी पुग्ने भए पनि अझै ११ लाख मानिसलाई अभाव हुनेछ । मेलम्ची आएपछि जम्मा हुने पानी काठमाडौं उपत्यकाको कुल जनसंख्यालाई समानुपातिक वितरण गर्दा दैनिक प्रतिव्यक्ति ७३ दशमलव ८० लिटर मात्र पुग्छ । जुन तोकिएको मापदण्डभन्दा २६ दशमलव २० लिटर न्यून हो ।

हाल उपत्यकामा दैनिक प्रतिव्यक्ति औसत ३३ लिटर खानेपानी वितरण भइरहेको छ । पहिलो चरणमा काठमाडौं झर्ने दैनिक १७ करोड लिटर पानी चक्रपथभित्र वितरण गरिने मेलम्ची खानेपानी उपआयोजना २ का प्रमुख भोजविक्रम थापाले बताए । बढ्दो सहरीकरणका साथै जनसंख्या वृिद्धका कारणले पानीको माग बढ्दै गए पनि पर्याप्त स्रोतको अभावका कारण पानी उत्पादन क्षमता बढाउन नसकिएको केयुकेएलले जनाएको छ । केयुकेएलले विभिन्न मुहान र भूमिगत स्रोतबाट पानीको उत्पादन गर्दै आएको छ ।

तर, माग र आपूर्तिबीच ठूलो खाडल रहेकाले उपत्यकाआसपासका सबै मुहान प्रयोग गर्दासमेत त्यो खाडल परिपूर्ति गर्न नसकिने र भूमिगत पानीले समेत त्यसलाई पूर्ति गर्न नसक्ने केयुकेएलका प्रवक्ता प्रकाश राईले बताए ।

काठमाडौं उपत्यकामा एक लाख २७ हजार धारा थपिने

  • मेलम्ची आएमा थप एक लाख २७ हजार घरधुरीमा पानी पुग्नेछ, अर्थात् एक लाख २७ हजार धारा थपिनेछन् । अहिले काठमाडौं उपत्यकामा दुई लाख २० हजार सात सय ९० वटा धारा रहेका छन् ।
  • अहिले काठमाडौंमा वितरण प्रणालीमार्फत वार्षिक औसतमा १४ करोड लिटर पानी दैनिक वितरण हुँदै आएकोमा मेलम्ची आएपछि ३१ करोड लिटर दैनिक वितरण पुग्नेछ ।
  • अहिले दैनिक प्रतिव्यक्ति ३३ लिटर पानी पुग्छ भने मेलम्ची आएपछि दैनिक प्रतिव्यक्ति ७३ दशमलव ८० लिटर पानी पुग्छ । तर, यो सहरी क्षेत्रका लागि दैनिक प्रतिव्यक्ति आवश्यकताभन्दा न्यून हो । प्रचलित मान्यताअनुसार सहरी क्षेत्रमा प्रतिव्यक्ति प्रतिदिन एक सय लिटर पानी आवश्यक पर्छ ।
  • थप १ हजार तीन सय ८७ किलोमिटर पाइप बिछ्याइनेछ । अहिलेसम्म काठमाडौंमा कुल (मुख्य र सहायक) गरी एक हजार नौ सय २९ किलामिटर पाइप बिछ्याएको छ ।

तोकिएको लागतभन्दा २२ अर्ब १० करोड बढी खर्च:मेलम्ची खानेपानी आयोजना थालनी हुँदा (२०५८ सालमा) सम्पूर्ण आयोजना ३१ अर्ब ७० करोड (तत्कालीन अमेरिकी डलरअनुसार) रुपैयाँमा सम्पन्न हुने प्रक्षेपण गरिएको थियो । तर, अहिलेसम्म यसको लागत बढेर ५३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । यो २२ अर्ब १० करोड रुपैयाँले बढी हो । आयोजनाको समयावधि बढेसँगै लागतसमेत बढ्दै गएको मेलम्ची विकास समितिका प्रमुख कार्यकारी निर्देशक तिरेसप्रसाद खत्रीले बताए । २०५८ मा आयोजना निर्माण सुरु हुँदा ४६.४ करोड अमेरिकी डलर (करिब ४६ अर्ब ४० करोड रुपैयाँ) मा सम्पन्न हुने अनुमान गरिएको थियो ।

अहिलेसम्म ५३ अर्ब ८० करोड खर्च:मेलम्ची आयोजनामा अहिलेसम्म ५३ अर्ब ८० करोड रुपैयाँ खर्च भइसकेको छ । यसमा चिनियाँ कम्पनी सिनो हाइड्रोसँग हेडवक्र्स निर्माण (एक अर्ब दुई करोड) र सुरुङ फिनिसिङको (८५ करोड एक लाख) सम्झौता रकमसमेत समावेश छ । मुख्य आयोजनाको लागत ३० अर्ब रुपैयाँ पुगेको छ भने मेलम्ची खानेपानी उपआयोजना–२ अन्तर्गत २३ अर्ब ८० करोड रुपैयाँ खर्च भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख भोजविक्रम थापाले जानकारी दिए । मेलम्ची विकास समितिले सुरुङदेखि प्रशोधन केन्द्र हेर्नेलाई मुख्य आयोजना र प्रशोधन केन्द्रदेखि उपभोक्ताको घर–घरमा पाइपलाइन पुर्याउनेलगायत कामलाई उपआयोजना–२ नाम दिइएको छ ।

असारमा पानी ल्याउँछौँ: तिरेसप्रसाद खत्री,आयोजना प्रमुख ,सिनो हाइड्रोले काम तीव्र गतिमा अघि बढाएको छ । त्यसैले असार अन्तिमसम्म मेलम्चीको पानी सुन्दरीजलमा झार्नेछौँ । हाम्रो अर्को रणनीति भनेको सिनो हाइड्रोसँगको सम्झौताअनुसार १५ महिनाभित्र आयोजनाका सम्पूर्ण काम सक्नु हो । चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने नीति तथा कार्यक्रममा उल्लेख भएकाले सरकारको घोषणा पूरा गर्न लागेका छौँ ।

पहिलो चरणमा चक्रपथभित्र मात्रै पानी वितरण: भोजविक्रम थापा, प्रमुख, उपआयोजना–२मेलम्चीबाट आउने १७ करोड लिटर पानी चक्रपथभित्र वितरण गर्नेछौँ । त्यसका लागि पाइपलाइन बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ । पाइप टेस्ट गर्ने काम पनि भइरहेको छ । १० मध्ये नौवटा ट्यांकी निर्माण भइसकेका छन् । दोस्रो चरणमा आउने ३४ करोड लिटर चक्रपथबाहिर वितरण हुन्छ । तर, दोस्रो चरणको काम मेलम्ची विकास समितिको निर्णयपछि मात्रै सुरु हुनेछ ।

मेलम्चीले मानसिकतामा परिवर्तन ल्याउनेछ: किशोर थापा, पूर्वसचिवअहिले व्यवस्थित प्रणालीमार्फत दैनिक औसतमा १४ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण भइरहेको छ । त्यो जनसंख्याको अनुपातमा अत्यन्त न्यून हो । तर, मेलम्ची आयोजनाअन्तर्गत पहिलो चरणमा दैनिक १७ करोड पानी आउँदा पर्याप्त नभए पनि तत्कालका लागि राहत भने पुग्छ । पहिलो चरणअन्तर्गत आएको पानी चक्रपथभित्र धेरै खपत हुनेछ । दीर्घकालीन रूपमा पानीको समस्या समाधान गर्न यांग्री र लार्केलाई पनि जोड्नुको विकल्प छैन । मेलम्ची आएपछि नेपालीको मानसिकतामा परिवर्तन ल्याउन भूमिका खेल्न सक्छ । नयाँ पत्रिका दैनिकबाट