१३ श्रावण २०८३, बुधबार
,
Latest
स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलेको बगर, अहिले आम्दानीको स्रोत



फाइल फोटो
अ+ अ-

दाङ। दाङको लमही नगरपालिका–४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी हाल राप्ती नदीको बगरमा खरबुजा फलाउन व्यस्त हुनुहुन्छ । नदीले कटान गरेर बगर बनाएको ठाउँमा बेमौसमी तरकारीखेती गरेर आम्दानी लिन थालेको उहाँले बताउनुभयो ।

सोही ठाउँकी सीता चौधरीले यहाँ खरबुजा खेती गरिरहनुभएको छ । उहाँले करिब दुई बिघा बगरमा खरबुजाखेती गरेको बताउनुभयो ।

सनकुमारी र सीता मात्रै होइन, बलरामपुर गाउँका करिब दुई सय किसान यतिखेर बालुवामा खरबुजा फलाउन व्यस्त छन् । “पहिला नदीले सबै जमिन कटान गरेर बिचल्ली नै पा¥योे”, सीताले भन्नुभयो, “हाल त्यही बगरमा तरकारी र खरबुजाखेती गरेर परिवार पाल्न र घर खर्च चलाउन थालेका छौँ ।”

कुनै बेला राप्ती नदी पसेर बगरमा परिणत भएको बलारामपुरमा हाल पौरखी किसानले मेहनत गरेर आम्दानी गरिरहेका छन् । त्यहाँ खरबुजा तथा तरकारी लटरम्म फलाएर किसानले आर्थिक उपार्जन गरिरहेका छन् ।

“बीस वर्ष पहिले राप्ती नदीमा ठूलो बाढी आयो, घर, अन्नपात, गाई, भेडा सबै बगायो । हामी घर छोडेर भाग्यौँ र सिम्रहवामा गयौँ । पछि राप्ती नदीले आफनो धार परिर्वतन ग¥यो,” सीताले भन्नुभयो, “त्यही बाढीले लगेको जमिन करिब दश वर्षसम्म त बगर नै थियो । पछि सबैले  सल्लाह गरेर यहाँ बगरखेतीको गरिरहेका छौँ ।”

सुरुआतमा एउटा संस्थाले बीउ तथा मल सहयोगपछि बगरखेती गर्न थालिएको थियो । तीन वर्षसम्म खासै आम्दानी नभए पनि हाल छैटौँ वर्षमा राम्रो आम्दानी हुन थालेको सनकुमारीको भनाइ छ ।

बगर सुनसान ठाउँमा छ । बस्ती नभएकाले यस ठाउँमा चोरी हुने डरले प्रत्येक किसानले फुसको छानो भएका घर निर्माण गरेका छन् । प्रचण्ड गर्मीको प्रवाह नगरी किसानले तिनै टहरामा रात बिताउने गरेका छन् ।  रासस