१९ श्रावण २०८३, मंगलवार
,
Latest
राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु सुनसरीसहित पूर्वी मधेसको धार्मिक तनावबारे निष्पक्ष अनुसन्धान गर्न कांग्रेस सचेतक राईको माग राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहनुपर्ने कानूनमन्त्रीको अडान नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा काँग्रेस सांसद कार्कीको प्रश्न–२३ लाख ग्यास सिलिण्डर कता हरायो ? अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध, पर्यटन विधेयकमाथि छलफल उपभोक्ताले आधा सिलिण्डर ग्यास नभरिदिँदा अहिले समस्या देखियोः उद्योगसचिव दुवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने: शंकर पोखरेल



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने जनाउनु भएको छ ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पोखरेलले पार्टीलाई नियोजित तथा प्रायोजित रूपले विवादित बनाउने काम भइरहेको बताउनु भयो ।

उहाँले लेख्नुभएको छ- निर्वाचन समिक्षाका आधारमा पार्टीलाई योजनावद्ध रुपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ। त्यसैले यस अवधिमा नियोजित तथा प्रायोजित रुपमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले भइरहेका प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अनुरोध छ । निर्वाचन समिक्षाका सन्दर्भमा केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावली तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझावसमेत संकलन गरिरहेको छ। यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रिय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समिक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ ।

 




भर्खरै