७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

सुन्तला र अलैँचीखेतीमा रमाउँदै केसी

सुन्तला र अलैँचीखेतीमा रमाउँदै केसी
अ+ अ-

बागलुङ। बागलुङ नगरपालिका–५ मालिकाका कमलबहादुर केसी उमेरले ६८ वर्ष पुग्नुभयो ।

भारतमा नोकरीपश्चात् गाउँ फर्कनुभएका केसी कृषिमा तल्लीन हुनुहुन्छ । विसं २०५७ मै सुन्तलाको व्यावसायिक खेती गर्नुभएको केसी भारतमा २४ वर्ष सेक्युरिटी गार्डको जागिर खाएर नेपाल फर्कनुभएको हो ।

पाल्पाबाट सुन्तलाका ५०० सुन्तलाका बिरुवा १५ रोपनी जग्गामा लगाउनुभएका केसीले गाउँलेका कारण सुन्तलाका बिरुवा उखेलेर फालेको सुनाउनुभयो ।

“सुन्तलाका यति धेरै बिरुवा के गर्ने, खेतिपाती छोडेर फलफूलले मात्रै पेट भरिन्न भनेर घरपरिवार र गाउँलेले गाली गरेपछि १५ रोपनी जग्गामा लगाएको सुन्तलाखेती २०६० सालमा उखेलेर फालेको थिए”, केसीले भन्नुभयो, “२२ वर्षपछि पुन धानबारीको खेती मासेर सुन्तला लगाएको छु, दुईवटा पोखरीमा ग्रासकाप र सिल्भर जातको माछा पालेको छु भने ४५ रोपनी जग्गामा अलैँचीखेती विस्तार गरेको छु ।”

पहिला सुन्तला लगाउँदा उत्पादनलाई बजारीकरणको चिन्ता थियो । विसं २०५७ मा सुन्तला लगाउँदा धान फल्ने खेत मासेको भन्दै गाली खाएको स्मरण गर्दै केसीले अहिले गाउँकै अगुवा किसान भएको बताउनुहुन्छ । भारतमा लामो समय काम गरेको सुनाउँदै भारतमा माछा खाने लतका कारण मालिकामा दुई वटा पोखरीमा माछापालन गर्दै आएको केसीले सुनाउनुभयो ।

“अहिले १४ रोपनी जग्गामा २४५ सुन्तलाका बिरुवा लगाएको छु, दुई वटा पोखरीमा माछा पाल्दै आएको छु, ४५ रोपनी जग्गा भाडामा लिएर अलैँचीखेती थालेकै पाँच वर्ष भयो”, केसीले भन्नुभयो, “गत वर्ष तीन लाख अलँैची र दुई लाख सुन्तलाबाट आम्दानी भएको थियो, अहिले लोकल कुखुरा, माछापालन, केरालगायत थप कृषिका कामलाई बढवा दिएको हुँ ।”

वडास्तरीय कृषि समितिका संयोजक भएर मालिकाका वडाभरका ४२ किसानलाई प्लाष्टिक टनेल, मिनिटेलर हलो, सिँचाइ पाइप, सुन्तलाका बिरुवा अनुदानलगायत काममा सहायता गरेको केसीको भनाइ छ । केसी पूर्ववडा सदस्य  हुनुहुन्छ ।

बम्बईको महाराष्ट्रमा सुरक्षा गार्डमा काम गरेको सुनाउँदै २०७० सालदेखि निरन्तर माछापालन गर्दै आएको केसीले सुनाउनुभयो । सामूहिक रूपमा अलैँचीखेती गर्दै आउनुभएको केसीले १७ हजार मासिक भाडा तिरेर ४५ रोपनी जग्गामा अलैँची उत्पादन गर्दै आएको बताउनुभयो ।

“कृषिमा अथाहा सम्भावना छ, अहिले लोकल कुखुराको फार्म तयार गरेको छु, सुन्तला र अलैँचीखेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी गर्ने लक्ष्यका साथ फार्म विस्तार गरेका छौँ”, उहाँले भन्नुभयो, “मालिका वडा कार्यालयले कृषकलाई अनुदानमा सुन्तलाका बिरुवा, माछापालनमा सहयोग गरेको छ ।”

विसं २०७४ मा मालिकाको वडासदस्यमा निर्वाचित केसीले जनप्रतिनिधिपछि पुनः कृषिमा फर्केको बताउनुभयो । पोखराबाट माछाका भुरा लिएर आएको बाताउँदै उहाँले नगरपालिकाको सहयोगमा माछाका भुरा अनुदानमा लिएको बताउनुभयो । वार्षिक १०० केजी माछा बिक्री गरेको केसीको भनाइ छ ।  रासस