७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै चिचिला गाउँपालिका

मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै चिचिला गाउँपालिका
अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभा चिचिला गाउँपालिका–४ स्थित धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको मत्स्यपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै लगिएको छ ।

चिचिलाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल मत्स्यपोखरीमा पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै गएपछि पछिल्लो समय पर्यटकको आकर्षण पनि बढ्दै गएको छ ।

जिल्ला सदरमुकाम खाँदबारीबाट करिब डेढ घण्टाको सवारी दूरीमा रहेको यस पोखरीलाई संरक्षणसहित प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै लगिएपछि पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । मत्स्यपोखरीमा तीर्थयात्री तथा पर्यटक असला माछाको अवलोकनका लागि पुग्ने गरेका छन् ।

असला माछाका साथसाथै यहाँको मनमोहक प्राकृतिक दृष्यावलोकन र रमणीय वातावरणले यस क्षेत्रको यात्राका लागि पर्यटकलाई आकर्षण गर्ने गरेको छ । चिचिला गाउँपालिकालाई धार्मिक तथा पर्यटकीय मत्स्य पोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताउनुभयो । उहाँले मत्स्यपोखरी क्षेत्रको संरक्षण, पूर्वाधार विकास तथा प्रचारप्रसारलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो ।

गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर आर्थिक स्रोतसँग जोड्न विभिन्न पूर्वाधार निर्माण गरेको छ । मत्स्यपोखरीलाई मौलिकतालाई यथावत् राख्दै आधुनिक प्रविधिको प्रयोग गरेर विकासको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

मत्स्य पोखरी धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएकाले यसलाई व्यवस्थित रूपमा विकास गरिने बताउनुभयो । मत्स्यपोखरीको आकर्षण थप्न असला माछाको स्तम्भ, पानीको फोहोरासहितको माछो, शिवलिङ्ग, बसाहा, शेषनाग, शान्तिका अग्रदूत गौतमबुद्धको प्रतिमा बनाई प्राण प्रतिष्ठासमेत गरिएको छ । पोखरीको अवलोकन भ्रमणका लागि अहिले जिल्लाभित्र तथा अन्य जिल्लाबाट दैनिक आन्तरिक तथा बाह्य सयौँ बढी पर्यटक र श्रद्धालु भक्तजन पुग्ने गरेका छन् भने पिकनिकस्थल र पारिवारीक भ्रमणका लागि मानिसहरू जाने गरेका छन् ।

गाउँपालिकाले पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउने लक्ष्यसहित पोखरी आसपासमा पूर्वाधार निर्माणका क्रममा अहिलेसम्म घेराबार, पिकनिकस्थल, शौचालय, खानेपानी र पोखरी स्थलसम्म पुग्ने सडकको व्यवस्था गरेको छ । यहाँको कञ्चन पानीबाटै सभाखोलामा पाइने असला माछाको बीउ उत्पत्ति भएको भनिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न आवश्यक गाउँपालिकाले विभिन्न पूर्वाधार निर्माणसमेत गरेको छ । गाउँपालिकाले स्थानीय समुदायसँग सहकार्य गर्दै पर्यावरण संरक्षणलाई जोड दिँदै दिगो पर्यटन विकासमा ध्यान केन्द्रित गरेको जनाएको छ । यसका साथै स्थानीय संस्कृति, परम्परा र मौलिक खानपानलाई प्रवर्द्धन गरी पर्यटकको बसाइ लम्ब्याउने लक्ष्य राखिएको छ ।

मत्स्यपोखरी क्षेत्रको विकाससँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुने, आर्थिक गतिविधि बढ्ने र समग्र गाउँपालिकाको समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले आगामी दिनमा थप बजेट विनियोजन गरी योजनालाई तीव्रता दिने जनाएको छ । रासस