१९ श्रावण २०८३, मंगलवार
,
Latest
नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा काँग्रेस सांसद कार्कीको प्रश्न–२३ लाख ग्यास सिलिण्डर कता हरायो ? अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध, पर्यटन विधेयकमाथि छलफल उपभोक्ताले आधा सिलिण्डर ग्यास नभरिदिँदा अहिले समस्या देखियोः उद्योगसचिव दुवाडी राष्ट्र बैंक ऐन संशोधनमा सांसदबीच मतभेद, डेपुटी गभर्नरको संख्या र अर्थ सचिवको भूमिकामा फरक धारणा नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन प्रदेश सरकारको नेतृत्व परिवर्तनमा एमाले नेता भट्टराईको असन्तुष्टि, ‘साटसुट र शक्तिको भाषा किन?’ मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायब महाप्रबन्धक लामिछाने रासस सेवाबाट अवकाश



अ+ अ-

काठमाडौँ, २ वैशाखः राष्ट्रिय समाचार समिति (रासस) का नायब महाप्रबन्धक सोमनाथ लामिछाने ५८ वर्षे उमेर हदका कारण रासस सेवाबाट निवृत्त हुनुभएको छ ।

विसं २०५१ चैत १ गते अधिकृतस्तर समाचारदाता पदबाट सेवा प्रवेश गर्नुभएका उहाँ गत चैत २० गतेदेखि अवकाश हुनुभएको हो । रासस सेवाका क्रममा उहाँले तत्कालीन अञ्चल तथा जिल्ला कार्यालयको प्रमुखका साथै केन्द्रीय समाचार महाशाखा, अन्तरराष्ट्रिय समाचार सम्पादन शाखा र प्रशासन शाखाको नेतृत्व गर्नुभएको थियो । रासस सेवामा रहँदा उहाँले समाचार सङ्कलन, नेपाली समाचार सम्पादन शाखामा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

अवकाश प्राप्त नायब महाप्रबन्धक लामिछानेको आज रासस केन्द्रीय कार्यालयमा औपचारिक रूपमा बिदाइ गरियो ।

बिदाइ कार्यक्रममा राससका महाप्रबन्धक सन्दीप राईले संस्थाले सुम्पिएको जिम्मेवारी इमान्दारिता र निष्ठापूर्वक सम्पादन गर्नुभएका नायब महाप्रबन्धक लामिछानेसँग समाचार सेवामा परम्परागतदेखि आधुनिक र नवीनतम् प्रविधिसम्मको प्रयोगसम्बन्धी ज्ञानको भण्डार रहेको बताउनुभयो । उहाँले जोखिमपूर्ण अवस्थामा सक्रिय पत्रकारिता आरम्भ गर्नुभएका लामिछानेको पत्रकारिताको यात्रा आगामी दिनमा थप क्रियाशील हुने विश्वास व्यक्त गर्नुभयो ।

नायब महाप्रबन्धक लामिछानेले राससलाई आर्थिक तथा भौतिक रूपमा सबल बनाउन तथा राससको समाचार सेवालाई अनलाइन प्रणालीमा लैजान भूमिका खेलेको स्मरण गर्नुभयो । उहाँले सेवा विधिकीरणसँगै दक्ष जनशक्तिको उचित प्रबन्ध गरी राससलाई अगाडि बढाउन सुझाव दिनुभयो ।

राससका प्रधान सम्पादक एवं प्रशासन प्रमुख शीतलप्रसाद महतोले वरिष्ठतम् कर्मचारीको हैसियतमा लामिछानेले नीतिगत र समग्र सुधारका लागि देखाउनुभएको अग्रसरता अनुकरणीय रहेको बताउनुभयो । राससका प्रमुख समाचारदाता एकराज पाठकले राससको पूर्वाधार विकास, प्रशासनिक र समाचारीय एवं जनशक्ति विकासमा लामिछानेले महत्त्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो ।

सम्पादन सहयोगी तिवारीको बिदाइ

रासस सेवाबाट स्वेच्छिक अवकाश लिनुभएका सम्पादन सहयोगी रुचिला तिवारीलाई पनि सोही कार्यक्रममा बिदाइ गरिएको छ । २०६७ असार १७ गते रासस सेवा प्रवेश गर्नुभएका उहाँले पारिवारिक कारण देखाउँदै गत चैत २० गतेदेखि लागू हुनेगरी राजीनामा दिनुभएको थियो ।

बिदाइ कार्यक्रममा सम्पादन सहयोगी तिवारीले रासस सेवामा रहँदाको डेढ दशकको अवधिमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले राससको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

कार्यक्रममा राससका विभागीय प्रमुखहरू, क्रियाशील रासस कर्मचारी सङ्घ, रासस कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखाका अध्यक्ष एवं प्रतिनिधिलगायतको सहभागिता थियो ।रासस




भर्खरै