१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

पोखरा महानगरमा सबै वडामा विपद् प्रतिकार्यकर्ता तयार

पोखरा महानगरमा सबै वडामा विपद् प्रतिकार्यकर्ता तयार
अ अ+ अ-

काठमाडौं । पोखरा महानगरपालिकाले विपद् तथा जोखिम न्यूनीकरण केन्द्र (डिआरआरसी) सञ्चालनमा ल्याएको छ । पोखरा–९ शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ ।

महानगरले रु पाँच करोड २१ लाख लागतमा महानगर प्रहरी कार्यालय र केन्द्रको भवन निर्माण गरेको हो । केन्द्र नयाँ वर्षको दिन मङ्गलबारदेखि सञ्चालनमा ल्याइएको हो ।

पोखरामा प्राकृतिक विपद्का घटना बढ्दै गएको सन्दर्भमा विपद्् तथा जोखिम न्यूनीकरण केन्द्रू स्थापना गरिएको हो । केन्द्रले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा बाढी, पहिरो, डढेलोलगायत सम्भावित विपद्का घटनामा पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।

पोखरासमेत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको क्षेत्र हो । प्रहरी तथा डिआरआरसी एकै स्थानमा रहेकाले महागनरमा विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न तथा विपद् सामग्रीको भण्डारण गर्न सहयोग पुग्ने महागनर प्रमुख धनराज आचार्यले बताए ।

उनका अनुसार केन्द्रमा प्रविधि जडान गरी जोखिमयुक्त क्षेत्रहरूको निगरानी, सूचना सङ्कलन र विश्लेषण गरिने छ । पोखरा महानगर विपद्का हिसाबले जोखिम क्षेत्र रहेको छ । यहाँका तालतलैया, गुफा, सेती नदीलगायत नदीहरूमा बर्सेनि प्राकृतिक विपद्का घटना हुने गरेका छन् ।

महानगर प्रमुख आचार्यले प्राकृतिक र गैरप्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्न महानगरले योजनाबद्ध हिसाबले काम गरेको बताए  । “विपद्जन्य घटनामा प्रभावकारी उद्धार र परिचालनका लागि केन्द्रले एकै ठाउँबाट काम गर्नेछ । विपद् उद्धारका लागि आवश्यक दमकल, एम्बुलेन्स, उद्धार टोली र राहत सामग्रीको समन्वय अब एउटै केन्द्रबाट हुनेछ”, आचार्यले भने ।

महानगरका अनुसार ३३ वटै वडामा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरेर स्थानीय समुदायलाई पहिलो प्रतिकार्यकर्ताका रूपमा तयार पारिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा विपद् जोखिमका हिसाबले संवेदनशील रहेको बताए ।

यहाँका खोँच, नदी, तालहरूका कारण जोखिम बढी रहेकाले सञ्चालनमा ल्याइएको विपद् जोखिम न्यूनीकरण केन्द्रले अप्ठ्यारो र सङ्कटको अवस्थामा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे ।