२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्



फाइल फोटो
अ+ अ-

काठमाडौं । जिल्ला ट्राफिक कार्यालय चितवनले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ ।

ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान कार्यालयले सर्वसाधारणसँग आग्रह गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार विसं २०८० देखि ट्राफिक प्रहरीले ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ राख्न सुरु गरेसँगै कागजात सङ्कलन भएको हो । विभिन्न मिति र स्थानमा गरिएको जाँचका क्रममा चौबीसघण्टे पूर्जी प्राप्त गरेका तर तोकिएको समयभित्र जरिवाना दाखिल नगरेका सवारी चालक तथा धनीहरूलाई १० दिनभित्र कागजपत्र लिन आग्रह गरिएको हो ।

उनका अनुसार सवारीचालक अनुमतिपत्र, ब्लुबुक, मार्ग अनुमतिजस्ता सक्कली कागजात कार्यालयमा छ । कतिपय आगलागीका क्रममा नष्ट भएको भए पनि त्यस्ता कागजातका लागि समेत नयाँ बनाउन सिफारिस गर्न सकिने भएकाले राजस्व बुझाएर लिन आग्रह गरिएको हो ।

कार्यालयले यस आर्थिक वर्षमा मात्रै यस्ता कागजपत्र दुई हजार २४८ नियन्त्रणमा लिएको र पछि सवारी धनी लिन नआएको जनाएको छ । दश दिनभित्र कागज फिर्ता नलगे सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा ५ बमोजिम एक महिनासम्म निलम्बन गरिने उनले बताए ।