१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

नेपाल सस्तो होइन, उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छः सभामुख अर्याल

नेपाल सस्तो होइन, उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छः सभामुख अर्याल
अ अ+ अ-

काठमाडाैँ । सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको रूपमा होइन, उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

बुधबार काठमाडाैँमा आयोजित ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपाललाई ‘बजेट गन्तव्य’ को छविबाट बाहिर निकाल्दै ‘प्रिमियम आरोग्य गन्तव्य’ का रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले केवल पर्यटकको संख्या बढाउने लक्ष्यले मात्र आर्थिक समृद्धि सम्भव नहुने भन्दै पर्यटकले पाउने अनुभवको गुणस्तर र गहिराइ नै मुख्य आधार हुनुपर्ने बताउनुभयो।

उहाँका अनुसार आरोग्य पर्यटनमा आउने पर्यटकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्ने र लामो समय बस्ने स्वभावका हुन्छन्। उनीहरू विलासिता मात्र होइन, आत्मिक शान्ति र जीवनको अर्थ खोज्दै यात्रा गर्ने भएकाले नेपालका हिमालय, पवित्र नदी, योग, ध्यान र प्राचीन आध्यात्मिक परम्परा उनीहरूका लागि विशिष्ट आकर्षण बन्न सक्ने उहाँको भनाइ थियो।

कार्यक्रममा उहाँले संयुक्त राष्ट्र संघको महासभाले नेपालको प्रस्तावमा वैशाख २ (अप्रिल १५) लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा मान्यता दिनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो। उक्त दिवसले मानव जीवनको समग्र कल्याणलाई विश्वव्यापी प्राथमिकतामा राख्ने सशक्त सन्देश दिएको उहाँको भनाइ थियो।

सभामुख अर्यालले आरोग्यलाई केवल रोग नहुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक र वातावरणीय सन्तुलनको समग्र अवस्था भएको स्पष्ट पार्नुभयो। आजको विश्वमा बढ्दो मानसिक तनाव, जलवायु परिवर्तन, द्वन्द्व र असन्तुलित जीवनशैलीका बीच आरोग्य अवधारणाले मानवतालाई नयाँ दिशा दिन सक्ने उहाँले बताउनुभयो।

उहाँले नेपालका हिमाल, लुम्बिनी, कर्णालीको रारा, मनाङ, मुस्ताङदेखि बडिमालिका र खप्तडसम्मका क्षेत्रलाई आत्मिक अनुभवका गन्तव्यका रूपमा विकास गर्न सकिने बताउँदै प्रकृति, संस्कृति र आध्यात्मिकतालाई एकीकृत गरी नयाँ पर्यटन मोडेल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। साथै स्थानीय समुदायको सहभागिता, स्पष्ट नीति र दिगो विकासमा आधारित प्रणाली आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

सभामुख अर्यालले नेपालसँग रहेको योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा र परम्परागत जीवनशैलीलाई विश्व बजारमा प्रस्तुत गर्न सकिए नेपाललाई आरोग्य पर्यटनको प्रिमियम गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।