२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना डा रोकायको माग



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य डा दीपेन्द्र रोकायले हुम्ला जिल्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न आग्रह गर्दै सरकारलाई ६४ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

हुम्ला कुनै समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तर उपेक्षाका कारण आज दुर्गमताको प्रतीक बनेको उनले गरेका छन्  । उनले भने, “अब सामाजिक न्यायको आधारमा सबभन्दा पछाडि रहेको हुम्लालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।” नेता डा रोकायले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हुम्लाको ठोस र परिणाममुखी सम्बोधन हुनुपर्ने भन्दै प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा आफ्नो पत्र बुझाएका हुन् ।

उक्त प्रस्तावमा कर्णाली करिडोरका पिलु–तुम्च, तुम्च–छार्या, छार्या–सिमकोट, सिमकोट–हिल्सा खण्डको स्तरोन्नति, प्रत्येक गाउँसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार र सबै पालिका केन्द्र हुँदै सीमावर्ती हिल्सासम्म अप्टिकल फाइबर पुर्याउनुपर्नेमा जोड दिइएको छ । हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना, हिल्सामा क्वारेन्टाइन तथा यारीमा सुक्खा बन्दरगाह निर्माणजस्ता रणनीतिक पहलमार्फत हुम्लालाई क्षेत्रीय व्यापार र आवागमनको केन्द्र बनाउने दृष्टि प्रस्तुत गरिएको छ ।

हुम्ला कर्नाली–१ र २ जस्ता ठूला जलविद्युत् आयोजनामा सहजीकरण, साना आयोजना राष्ट्रिय ग्रिडमा जोड्ने तथा सिमकोटलाई सौर्य ऊर्जामार्फत लोडसेडिङमुक्त बनाउने प्रस्ताव अघि सारिएको छ । कैलाश–मानसरोवर दृश्यावलोकन केन्द्र, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पदमार्ग तथा चलचित्र छायाङ्कनस्थल विकासमार्फत हुम्लालाई अन्तरराष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्नुपर्ने नेता डा रोकायाको अवधारणामा उल्लेख छ ।