६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्स्याङ्दी ड्याममा एक जना बेपत्ता, खोजीकार्य जारी



अ+ अ-

काठमाडाैँ । तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरुष बेपत्ता भएका छन् । स्थानीय टिका मगर (ढल्के) भनेर चिनिने ती पुरुष नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घटनापछि सशस्त्र प्रहरी बल नेपालको टोली तत्कालै खोजीकार्यमा खटिएको छ । भानुस्थित सशस्त्र प्रहरीको टोलीले आज पनि निरन्तर खोजीकार्य गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार हालसम्म बेपत्ता व्यक्ति फेला परेका छैनन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।