१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

‘एकताबद्ध र सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ’

‘एकताबद्ध र सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ’
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकताबद्ध र सकारात्मक सोचका साथ समग्र मुलुकको विकासका लागि अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

नयाँवर्ष, २०८३ का अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले नयाँवर्षको अवसरमा आपसी प्रेम, सहकार्य र सद्भाव अभिवृद्धि गर्दै प्राप्त उपलब्धिलाई दिगो बनाउने दिशामा अग्रसर हुन सबैबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताउनुभयो ।

गण्डकी प्रदेश सरकार सेवा प्रवाहमा सुधार, सुशासन प्रवर्द्धन तथा दिगो विकासमार्फत जनताको आकाङ्क्षा पूरा गर्न दृढतापूर्वक प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

गत वर्षको भदौमा जेनजी आन्दोलनका क्रममा भएका घटनाका कारण ठूलो जनधनको क्षति व्यहोर्नु परेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले त्यस घटनाले सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक रूपमा गहिरो प्रभाव पारेको सन्देशमा जनाउनुभएको छ ।

प्राकृतिक विपद्, स्रोतसाधनको सीमितता, अपेक्षित राजस्व सङ्कलनमा कमी तथा विविध सामाजिक समस्याहरूले विकास प्रक्रियालाई प्रभावित बनाएको भन्दै उहाँले यी सबै चुनौतीहरूलाई अवसरका रूपमा रूपान्तरण गर्दै एकताबद्ध र सकारात्मक सोचका साथ समग्र विकासका लागि अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार तथा संस्थागत विकासमा हासिल उपलब्धि गण्डकी प्रदेशवासी, राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चार क्षेत्रको सहकार्यको परिणाम भएको बताउँदै सन्देशमा यस सहकार्यलाई थप सुदृढ बनाउँदै आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासीको सङ्कल्प साकार पार्ने दिशामा प्रदेश सरकार दृढतापूर्वक अघि बढिरहेको जनाउनुभयो ।

युवा उद्यमशीलता तथा सीप विकासमार्फत रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण, पर्यटन पूर्वाधारको दिगो विकास, सामाजिक न्यायको प्रत्याभूति, महिला सशक्तिकरण तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धनलाई प्राथमिकतामा राखी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका उल्लेख गर्दै उहाँले यस लक्ष्य प्राप्तिका लागि सबैमा एकता, सहकार्य र प्रतिबद्धता अझ सुदृढ रहोस् भन्ने अपेक्षा गर्नुभएको छ ।