१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

महोत्तरीमा पानीको सङ्कटले हरायो जुडशीतल पर्वको रौनक

महोत्तरीमा पानीको सङ्कटले हरायो जुडशीतल पर्वको रौनक
अ अ+ अ-

काठमाडौं । नयाँ वर्ष पारम्भका दिन आज मधेशको मिथिला क्षेत्रमा हिलो खेलेर वर्षभरि सहकाल होस् भन्ने कामना गर्दै जुडशीतल पर्व मनाइन्छ । तर यस क्षेत्रका अधिकांश वस्तीमा पानीका स्रोतका मुहान चैतमै सुकेर, पोखरी, डबरा (ससाना पोखरी आकारका खाल्डा) मा धाँजा फाटेपछि यहाँ माटोको हिलो देखिएको छैन ।

हिलो कतै नदेखिएपछि जुडशीतल पर्वको रौनकता नै हराउने चिन्ता बढेको छ । कृषिसँग गहिरो नाता राख्ने जुडशीतल पर्व हिलो खेल्न नपाएर निरस हुनसँगै यहाँ खेतीपाती मात्र नभएर राम्रो पानी परेर मुहान नरसाएसम्म खानेपानीकै हाहाकार पर्ने गर्छ । खासगरी जिल्लाको उत्तरी क्षेत्रका गौशाला, बर्दिबास र भङ्गाहा नगरपालिका क्षेत्रमा नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि चैत नसकिदै खानेपानीको सङ्कट ब्यहोर्नु परेको बर्दिबास–१२ डाँडाटोल बिजलपुराका विश्वनाथ सिंह (६५ वर्ष) कुशवाहा बताउँछन् ।

“नयाँ वर्ष सुरु हुँदा हामीकहाँ हिलो खेलेर सहकालको कामना गर्ने मैथिल परम्परा छ” कुशवाहा भन्नुहुन्छ, “तर चैत नसकिदै इनारको पानीको सतह गहिरिंदै गएर हाहाकार नै पर्न थालिसकेको छ, नयाँ वर्षमा खेलिने हिलो कहाँ पाउनु ?” पानीकै अभावले जुडशीतलमा हिलो खेल्ने परम्परा अब सपना बनेको उनी बताउँछन्  । कुशवाहा मात्र नभएर यहाँका आम सर्वसाधारण पानीको समस्याको ‘तारणहार’ (समस्या निदान गर्ने) बनेर को निस्कलान् भन्ने प्रश्न तेस्र्याउँछन् ।

भर्खरै मुलुकमा निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन भएको छ । नयाँ सरकारसँग आफ्ना दुःख सुखका अपेक्षा सँगालेका महोत्तरीबासी चढ्दो गर्मीसँगै अब पानीको सङ्कट सधैँलाई टार्ने काम होस् भन्ने आशमा छन् । पछिल्ला एक÷डेढ दशकयता चैत नसकिदै पानीका स्रोतका मुहान सुक्ने समस्या यहाँका सर्वसाधारणको नियति नै बनेको छ ।

यो समस्याको दीर्घकालीन समस्या निदानमा सरकारले उपयुक्त कदम बढाओस् भन्ने यहाँका बासिन्दाको माग छ । हिउँद्मा वर्षा हुँदा मुहान रसाई रहेर पानीको समस्या कम हुने यहाँका बासिन्दाको विगत अनुभव छ । यसपालि हिउँद्मा पानी नपरी बित्दा मुहान सुक्न थालेका हुन् ।

चैत लागेपछि भने पानी परेको छ । ढिलो पानी पर्दा सुकेको मुहान रसाउन समय लाग्ने हुँदा यहाँ चैत नसकिदै पानीको समस्या बढ्न थालेको भङ्गाहा–४ प्रेमनगरका जवाहर महतो बताउँछन् । “यसपालि हिउँद्भरि पानी नपर्दा इनारमा पानीको सतह गहिरिएको छ” घर अगाडिको इनार देखाउँदै महतोले भने, “चैत लागेयता भने पानी परेको छ, ढिलो पानी परेको हुँदा मुहान रसाउन पाएको छैन ।”

अब केही दिनको फरकमा पानी परिरहे मुहान रसाउने आश भने पलाएको उहाँ बताउनुहुन्छ । चैत लागेयता १०÷१२ दिनको फरकमा केहीबेर वर्ष भए पनि मुहानहरू अझै राम्ररी नरसाउँदा खानेपानीको अभाव हुन थालेको यहाँका बासिन्दा बताउँछन् । “हिउँद्भरि पानी नपर्दा मुहान सुकेका छन्, चैत लागेयता पटकपटक परेको पानीले अझै मुहानमा चिस्यान भरिएको छैन । नयाँ वर्ष सुरु हुन अगावै यहाँ पानीको अभाव खट्किन लागेको छ” भङ्गाहा–४ कै रामनगर बस्तीका ८० वर्षीय किसान दीपबहादुर फुँयालले भने ।

पछिल्ला एक/डेढ दशकयता गौशालाका १२ मध्ये आठ, बर्दिबासका १४ र भङ्गाहा नगरपालिकाका नौमध्ये तीन वटा वडा बस्तीमा गर्मीयाममा खानेपानीको समस्या बढ्दै गएको छ । बर्दिबासमा अधिकांश बस्तीमा नदी र खोल्साखोल्सीको पानी सङ्ग्रह गरेर टङ्कीमा भण्डारण गरेर धाराबाट वितरण गरिन्छ ।

गर्मीयाममा नदी र खोल्साखोल्सी सुकेपछि यहाँ बर्सेनिजसो खानेपानीको अभाव सर्वसाधारणले व्यहोर्दै आएका छन् । “दुई दिन भयो, पानी धेरै चाहिने बिहान/बेलुकाको समयमा धारामा पानी आउन छाडेको छ” बर्दिबास–१ को मुख्यचोककै बासिन्दा उद्धवबहादुर क्षत्री भन्छन्, “वैशाख नलाग्दै यो अवस्था छ, जेठको प्रचण्ड रापमा झन् के होला ?”

पानीको यो समस्याले मुखमा आएको नयाँ वर्षमा मनाइने जुडशीतल पर्वबारे पछिल्लो किशोर पुस्तालाई कथा हालेर बताउनुपर्ने अवस्था बन्दै गएको बर्दिबास–१४ का पूर्व वडाध्यक्ष भरतबहादुर हमालको भनाइ छ । गर्मी बढेसँगै महुानमा पानी घटेपछि यसको असर उपभोक्तामा परेको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष राजेन्द्र थापा स्वीकार गर्छन् ।

“गर्मी याममा मुहानमा पानी घटेपछि ट्याङ्कीमा भरिन समय लाग्छ, त्यसैले गर्मी यामभरि सबैतिरका धारामा पानी पुर्‍याउन समय व्यवस्थापन गर्नुपर्दा थोरै समस्या पर्ने गरेको छ” थापा भन्छन् , “तर हामो व्यवस्थापनले पानीको हाहाकार नै भने पर्न दिएको छैन ।”

बर्दिबासका वडा नं १, २, ३, ४, ५, ८, १०, ११ र १४ का बस्ती पूरै खोल्साखोल्सी र नदीबाट सङ्ग्रहित पानी धाराबाट वितरण गरिने प्रणालीको भरमा छन् । बर्दिबासकै ६, ७, ९, १२ र १३ का बस्तीमा भने धारा चलनमा रहेपनि इनार खानेपानीको मुख्य स्रोत रहँदै आएको छ । यसैगरी गौशालाका १, ३, ४, ५ ८, १०, ११ र १२ नम्बर वडाका बस्ती यस्तै सङ्ग्रहित पानी धाराबाट वितरण हुँदै आएका बस्ती हुन् ।

गौशालाका २, ६, ७ र ९ नम्बर वडाबस्तीमा खानेपानीका लागि धेरैजसो चापाकल प्रयोगमा छन् । यसैगरी भङ्गाहाका ३, ४ र ५ नम्बर वडाबस्तीमा खानेपानीका स्रोत इनार र चापाकल छन् । गर्मी चढ्दै गएसँगै यी पानीका स्रोतका मुहान सुक्दै गएपछि यहाँ पानीको अभाव बढ्ने गरेको छ ।

यो क्रम असारमा राम्रो वर्षा नहउञ्जेल रहने यस भेगका बासिन्दा बताउँछन् । लामो खडेरी पर्दा जिल्लाको उत्तरीक्षेत्र मात्र नभएर सुदूर दक्षिणी भेगको जिल्ला सदरमुकाम जलेश्वर नगर क्षेत्रमा पनि खानेपानीको हाहाकार पर्ने गरेको छ । गत वर्ष जलेश्वरमा बाहिरबाट ट्याङ्करमा पानी ओसार्नु परेको जलेश्वर–१ का बासिन्दा ७० वर्षीय सुधीर साह सम्झन्छन् । दुई वर्षअघि जलेश्वर नगरपालिकाका १२ वडामध्येका अधिकांश बस्तीमा खानेपानीको हाहाकार परेको नगरबासी सम्झन्छन् ।

पानीको दुःख चुरे पहाडि काछका बासिन्दाले पनि बर्सेनि भोग्दै आएका छन् । महोत्तरीको पूरै चुरे क्षेत्र बर्दिबास नगरपालिकामा पर्छ । यी काछबस्तीमा खानेपानीको मुख्य स्रोत जरुवाका मुहान सुक्दै गएपछि समस्या बढेको काछबासी बताउँछन् । चुरे पाहाडि काछमा बर्दिबास नगरपालिका–३, ४, ५, १० र ११ नं वडाका ३० भन्दा बढी बस्ती छन् ।

पाखा बस्तीका सबैको गर्मीयाममा खानेपानी सङ्कट झेल्नु समान पीडा बनेको छ । “एक दशकअघिसम्म यहाँका जरुवा कहिल्यै सुक्दैनथे, पछिल्ला केही वर्षयता नदी, पाखा र बगर पर्ति जग्गामा बालुवा ढुङ्गा झिक्न ठूलठूला यन्त्र चल्न थालेपछि मुहान सुक्दै गएका हुन्” बर्दिबास–११ खयरमाराका सामाजिक अगुवा ७५ वर्षीय चन्द्रलाल गौतम भन्नुहुन्छ, “वन उजाडिदै जानु र अवैध उत्खनन् नियन्त्रण हुन नसक्दा पानीका मुहान चाँडै सुक्ने गरेका हुन् ।”

अब सरकारले पानीका स्रोतको मुख्य मुहान चुरेको संरक्षण गर्न तत्काल ठोस पहलकदमी बढाउन पर्ने उहाँको भनाइ छ । “सरकारले जलाधार क्षेत्रको संरक्षण र वन क्षेत्रमा पानी पुनर्भरणका पोखरीहरू बनाउन सके अहिले भोग्दै आइएको समस्या धेरै घट्छजस्तो लाग्छ” गौतमको सरकारलाई सुझाव छ । यसपालि राम्ररी हिउँदे वर्षा नभएको, नदी क्षेत्रमा बालुवा, ढुङ्गा उत्खनन् गर्नेहरूले ठूल्ठूला गहिरा खाल्डा बनाएका र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिदै जाँदा नदी र खोल्साखोल्सी सुक्दै गएका छन् ।

यसैगरी इनार र चापाकलमा पानीको सतह गहिरिदै गएर चैत नसकिदै खानेपानीको अभाव हुन लागेको चुरे तथा जलाधार विज्ञको भनाइ छ । “मधेशमा पानीको स्रोतको मुख्य मुहान चुरे नै हो” चुरे विज्ञ जिल्लाकै भङ्गाहा–७ मेघरोलका बासिन्दा डा. विजयकुमार सिंह भन्छन्, “यो मुख्य स्रोतको संरक्षणमा तीनै तहका सरकारको समन्वयात्मक पहलकदमी आवश्यक छ ।” तर यो काम सरकारका प्राथमिकतामा नपर्दा दिनदिनै पानीको सङ्कट झनझन गहिरिदै गएको उनको ठम्याइ छ ।

यसमा सङ्घीय र प्रदेश सरकारभन्दा स्थानीय सरकारको तदारुखता बढी व्यवहारिक र उपलब्धिमूलक हुने डा. सिंह बताउँछन्  ।

“विकास निर्माणका योजना र पूर्वाधार विकासका कतिपय योजना चुरे र वन क्षेत्रको भौगोलिक अवस्थाको ख्याल नगरी बनिदा छन्, चुरेको माटो अत्यन्त खुकुलो छ, यहाँ सडक, पुलपुलेसा बनाउन ढिस्का झार्न यान्त्रिक उपकरण प्रयोग गरिन्छन्” डा. सिंह भन्छन् , “यसले बर्सेनी पहिरो खस्ने र गेग्¥यानले पानीका मुहान पुरिंदै गएका छन् ।”

यसबाहेक विश्वव्यापी जलवायु परिवर्तनको असरले सन्तुलित वर्षामा प्रतिकूल प्रभाव पारेको उनको भनाइ छ । यो असरलाई भने यसकै अनुकूलन हुनेगरी सकारात्मक अभ्यासमा जानपर्ने डा. सिंहको सुझाव छ । खासमा स्थानीय तहहरूले प्राकृतिक सम्पदाको उपयोग नीति स्पष्ट नपारेसम्म समस्या समाधान हुन नसक्ने विज्ञ बताउँछन् ।

चुरे पहाड, जलाधार क्षेत्र र वनक्षेत्रको संरक्षण, वनक्षेत्र र पर्ति जग्गामा पुनर्भरण पोखरी निर्माण र चुरेबाट निस्कने खोल्साखोल्सीबाट बग्ने गेग्र्‍यान व्यवस्थापनको मुख्य नेतृत्व स्थानीय तहले लिएर प्रदेश र सङ्घीय सरकारसँग समन्वयमा काम बढाउनसके क्रमशः अवस्थामा सुधार हुँदै जाने चुरे तथा जलाधार क्षेत्रको संरक्षणमा लामो अनुभव सँगाल्नु भएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिबासका अध्यक्ष चुरेविज्ञ नागदेव यादव बताउँछन्  ।