१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

नेपालका चाडपर्व विज्ञान र प्रकृतिसम्मत छः संस्कृतिविद् गुरुङ

नेपालका चाडपर्व विज्ञान र प्रकृतिसम्मत छः संस्कृतिविद् गुरुङ
अ अ+ अ-

काठमाडौं । संस्कृतिविद् डा जगमान गुरुङले नेपालका चाडपर्व, रीतितिथि तथा संस्कृति विज्ञान र प्रकृतिसम्मत भएको बताएका छन्  ।

नयाँ वर्ष २०८३ का सन्दर्भमा नेपालको मौलिक संस्कृति, परम्परा, प्रकृति र समाजको अन्तरसम्बन्धका विषयमा राससका प्रकाश सिलवालसँगको संवादमा प्राज्ञ गुरुङले विक्रम संवत् विक्रमादित्यभन्दा पुरानो समयदेखि चलेको बताउँदै यी संवत् र परम्पराहरु विज्ञानसम्मत भएको तर्क गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहनुभएका गुरुङले नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिने उल्लेख गरे । वसन्त ऋतुको समय भएकाले बिरुवा उम्रने र पालुवाहरु पलाउने समय पनि भएकाले प्रकृतिले पनि नयाँपन पाउने सुन्दर समय भएको उनले बताए  ।

“सबैभन्दा पुरानो संवत्का रूपमा विक्रम संवत् स्थापित छ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी पृथ्वीको उत्तरी गोलार्धमा पुगेर मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत संवत् हो । सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले यो वैज्ञानिकतामा आधारित छ”, डा गुरुङले भने ।

डा गुरुङसँगको संवाद राससको भिडियो सेवाबाट उपलब्ध हुनेछ ।