६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–बुटवल सडकको ढिलाइप्रति सरकार आक्रामक, १५ दिनको अल्टिमेटम



अ+ अ-

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड लामो समयदेखि अलपत्र परेको विषयमा चिनियाँ ठेक्का कम्पनीको ध्यानाकर्षण गराउनुभएको छ।

उहाँले उक्त सडक खण्डको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो।

अनुगमनका क्रममा उहाँले सडक अलपत्र पर्दा यात्रुहरूलाई सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढेको बताउनुभयो। यस अवस्थालाई चाँडो अन्त्य गर्न ठेक्का कम्पनीले जिम्मेवारीपूर्वक, प्रभावकारी र तीव्र गतिमा काम अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्देशन दिँदै ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। उहाँले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै निर्माण कार्यमा कुनै पनि लापरबाही नगर्न सचेत गराउनुभयो।

यसैबीच, ठेक्का कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले निर्माणलाई तीव्रता दिई निर्धारित समयसीमाभित्रै काम सक्ने आश्वासन दिएका छन्।