१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

टिकापुरमा फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

टिकापुरमा फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
अ अ+ अ-

काठमाडौं । फरक क्षमता (अपाङ्गता) भएका बालबालिका स्याहारमा अभिभावकलाई कठिन हुने गरेको छ । अपाङ्गता भएका बालबालिकालाई स्याहारमा विशेष ध्यान र समय दिनुपर्दा अभिभावकको व्यक्तिगत जीवनमा पनि प्रभाव परेको बताएका छन् ।

टीकापुर नगरपालिका–१ वनगाउँकी जगतमाया शाहीकी छोरी जन्मजातै अपाङ्ग छन् । १९ वर्षीया छोरी जन्मेदेखि नै हलचल गर्न नसक्ने भएपछि जगतमायाको परिवारले नेपाल र भारतका धेरै अस्पतालमा उपचार गराए । छोरीको देब्रे हात अलिअलि चल्छ, त्यसबाहेक शरीर नचल्ने भएपछि जगतमाया छोरीकै स्याहारमा लागेका छन् ।

“म पढेलेखेकी छु, जारिी खान सक्थे तर छोरी स्याहार्नुपर्ने बाध्यताले केही नगरी बसेकी छु”, उनी भन्छन्, “छोरी शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा पनि अशक्त भएपछि स्याहारसुसारमा समस्या छ । मलाई उनको अवस्था, भविष्यको चिन्ताले साह्रै पीर लाग्छ ।” जगतमाया आफू हुन्जेल त छोरी सुरक्षित रहेको, आफू नभए कसले स्याहार्ला भन्ने चिन्ता लाग्ने गरेको बताउँछन् ।

“दुई कक्षासम्म पढेकी छिन्, सानो हुँदा बोकेर विद्यालय पु¥याएपछि बोक्न गाह्रो हुँदा विद्यालय पढाउन सकिएन”, उनी भन्छन्, “विद्यालय पनि समावेशी छैनन्, विशेष शिक्षक, विशेष सामग्री र पहुँचयुक्त पूर्वाधार नहुँदा छोरीजस्ता बालबालिकाले शिक्षा पाएका छैनन् ।”

अपाङ्गता भएका बालकको तुलनामा बालिकालाई स्याहार्न कठिन छ । छोरीहरु महिनावारी हुने हुँदा सरसफाईलगायतका काममा अझ समस्या हुने गरेको उनको भनाइ छ ।

टीकापुरकै अर्का बालक मनोज विकको समस्या पनि यस्तै छ । तल्लो शरीर नचल्ने यी बालकले कक्षा १२ सम्म पढेका छन् । सानो हुँदा आमाले बोकेर विद्यालय गएका यी बालक जब वयस्क हुँदै गए आमाले विद्यालय लैजान सकेनन् । “कक्षा १० पढ्दासम्म आमा र बुबाले पालैपालो विद्यालय लैजानुहुन्थ्यो”, मनोज भन्छन्, “त्यसपछि मेरो शारीरिक तौल बढ्दै गयो, मलाई विद्यालय लैजान उनीहरुलाई पनि कठिन हुन थाल्यो”, उनले भने, “कक्षा ११, १२ घरमै स्व अध्ययन गरेर परीक्षा दिए, त्यसपछि मैले पढाइ छोडे, त्यसमाथि पढ्ने चाहना छ तर परीक्षालगायतका विभिन्न काममा क्याम्पस जान आउन कठिन छ ।”

अपाङ्गता भएका बालबालिका स्याहार्न अभिभावकलाई कठिन छ । विभिन्न सङ्घसंस्थाको सहयोगमा स्थानीय पालिकाहरुले उपलब्ध गराएका सहायता सामग्रीले अभिभावक र अपाङ्गता भएकालाई केही राहत भने हुने गरेको छ । कैलालीका स्थानीय पालिकाले सङ्घसंस्थाको सहयोगमा अपाङ्गता भएकालाई सहायता सामग्री वितरण गर्दै आएका छन् ।

सहायता सामग्री धेरै नटिक्ने र लामो समयसम्म प्रयोग गर्दा बिग्रिएमा मर्मत गर्न भने समस्या हुने गरेको छ । जोशीपुर ६ लोखरीका टीकाराम डगौरा २१ वर्षको भए । टीकाराम वीरेन्द्र विद्या मन्दिर मावि टीकापुरमा कक्षा ११ मा अध्ययनरत छन् । उनी भाइसँग टीकापुरमा डेरा भाडामा बसेर पढिरहनु भएको छ । जन्मजात नै तल्लो शरीर नचल्ने समस्या भएका टीकारामले धेरै काम आफैँले गर्छन् । टीकारामलाई पनि एकमात्र भएको ह्विलचेयर बिग्रदा मर्मत गर्न, विद्यालय नियमित जान भने समस्या हुन्छ ।

“संस्थाको सहयोगमा वडा कार्यालयले सहायता सामग्री दिएको हो, यो समय समयमा बिग्रन्छ, यो बिग्रिएमा मलाई विद्यालय जान समस्या हुन्छ”, उनले भने, “विद्यालय जाँदा बाटो धेरै अप्ठ्यारो छ । साथीहरुले सहयोग गरेमा मात्र विद्यालयसम्म पुग्न सकिन्छ ।”

परिचयपत्र बनाएका छन् । अपाङ्गता भएकालाई चार वर्गमा विभाजन गरेर परिचयपत्र उपलब्ध गराउने गरेको छ । जसमा क र ख वर्गको परिचयपत्र भएकाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । पालिकामा क वर्गका १२८, ख वर्गका ५८५, ग वर्गका २९२, घ वर्गका १९४ जना नागरिक छन् ।

पालिकाले २०७६ सालबाट अपाङ्गता परिचय पत्र वितरण थालेको हो । पालिकाले अपाङ्गता भएका सहायता सामग्री आवश्यक भएका नागरिकका लागि सङ्घसंस्थासँग समन्वय गरेर उपलब्ध गराउने गरेको छ । पालिकाले यसै वर्ष २५ वर्षमुनिका २९ जना विद्यालय जाने बालबालिकालाई सहायता सामग्री वितरण गरेको महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सङ्गीता शाह बताउँछिन्  ।

“पालिकाले थप आवश्यक नागरिकलाई पनि सहायता सामग्री वितरणको तयारी गरेको छ”, उनी भन्छिन्, “सहायता सामग्री बाटोघाटोका कारण चाँडै बिग्रने समस्या भइरहन्छ । बिग्रिएमा मर्मतको समस्या भएकाले सामग्री धेरै समय टिकाउ नहुने समस्या छ ।”

उनका अनुसार अपाङ्गता भएका बालबालिकामा बालिकाहरु स्याहारमा बढी समस्या रहेको छ । बालिकालाई स्याहारमा परिवारलाई पनि कठिन हुने, छोरीहरुको सुरक्षामा समेत चुनौती रहेको छ । अधिकारकर्मी निर्मला कडायत समाजमा अपाङ्गताबारे सही बुझाइ नहुँदा अभिभावक र बालबालिकाले अपमान झेलिरहेको, हेला गर्ने कार्य रोक्नुपर्ने बताउँछिन्।

“सरकारले बालबालिकाको अवस्थाअनुसार सुविधा, उपचारका विकल्पहरु दिनुपर्छ । अभिभावक नभएका अपाङ्ग बालबालिकाको स्याहार सरकारले गर्नुपर्छ”, उनी भन्छिन्, “विद्यालय अपाङ्गमैत्री बनाउनुपर्छ । उनीहरुको घरमै उपचार सेवा दिने, उनीहरुलाई थेरापी वा परामर्शको व्यवस्थासमेत हुनुपर्छ ।”