१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

संयमता अपनाउँदै न्युनतम स्तरमै भाडादर वृद्धि गरेका छौंः बस्नेत

संयमता अपनाउँदै न्युनतम स्तरमै भाडादर वृद्धि गरेका छौंः बस्नेत
अ अ+ अ-

काठमाडाैँ । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले युद्धका कारण इन्धनमा संकट देखिएको र प्रतिकूल परिस्थितिमा पनि अत्यन्त संयमता अपनाउँदै न्युनतम स्तरमै भाडादर वृद्धि गर्नुबाहेक अन्य विकल्प नरहेको बताएका छन् ।

हवाई सेवाको कुल सञ्चालन लागतको करिव ४० प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेकोमा हालको मूल्यवृद्धिपछि यो अनुपात झन्डै ५० प्रतिशत हाराहारी पुगेको छ । यसका साथै अमेरिकी डलरको मूल्यवृद्धिका कारण जहाजका पार्टपुर्जा, मर्मतसम्भार, प्राविधिक जनशक्तिको तालिम तथा अन्य आवश्यक खर्चहरू पनि उल्लेखनीय रूपमा बढेका छन् ।

आज राजधानीमा भएको पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष बस्नेतले हालको परिस्थितिमा इन्धनको मूल्य सामान्य हुन समय कुर्नुबाहेक अन्य विकल्प नरहेको बताए । उनले बुद्ध एयरको कामकारबाहीलाई डिजिटल बनाउन लागिएको समेत जानकारी दिए।

बस्नेतलले भने,”बुद्ध एयरको रोयल क्लव अब पूर्ण डिजिटल बनेको छ । यात्रुलाई उडानसँगै माइलेज प्वाइन्ट, डिस्काउन्ट तथा निःशुल्क टिकटलगायत सुविधा दिइएको छ । १ वैशाख २०८३ बाट बुद्धले रोयल क्लव फ्रिक्वेन्ट प्लायर कार्यक्रमलाई पूर्ण रूपमा डिजिटल तथा अनलाइन प्रणालीमा रूपान्तरण गरेका छौँ । नियमित हवाई उडान गर्ने यात्रुहरूका लागि दशकौंदेखि सञ्चालन हुँदै यस कार्यक्रममार्फत लाखौं सदस्य लाभान्वित हुँदै आएका छन् । यात्रु सदस्यले यस फ्रिक्वेन्ट फ्लायर कार्यक्रममार्फत उडानसँगै ’माइलेज प्वाइन्ट’ जम्मा गर्न पाउँछन् । निश्चित माइलेज प्वाइन्ट संकलन भएपछि यात्रु तथा तिनका परिवारका सदस्यले डिस्काउन्ट एवम् निःशुल्क हवाई टिकट प्राप्त गर्न सक्छन् । सस्तो टिकटमा पनि माइलेज प्बाइन्ट दिनेछौँ ।”

उनकाअनुसार यात्रुहरूले संकलित माइलेज प्वाइन्ट प्रयोग गरी बुद्ध एयरको मोबाइल एप वा वेवसाइटबाटै सजिलै टिकट काट्नसक्ने छन् । यसअघि यो सुविधा केवल सेल्स काउन्टर वा एयरपोर्ट काउन्टरमार्फत मात्र उपलब्ध थियो ।

कम्पनीकाअनुसार काठमाडौंबाट पोखरा उडानमा नन रिफन्डेबल टिकटबाट यात्रुले ११२ माइलेज प्वाइन्ट प्राप्त गर्छन् भने सोही बराबरको अर्को पोखरा–काठमाडौं उडान टिकटमा ११२ रुपैयाँसम्मको सहजै डिस्काउन्ट प्राप्त गर्न सक्छन् । यात्रुहरूलाई जुनसुकै प्लेटफर्म वा ट्राभल एजेन्सीबाट टिकट काट्दा आफनो रोयल क्लव नम्बर उल्लेख गर्न बुध्द एयरले अनुरोध गरेको छ ।

यसले यात्रापछि प्राप्त हुने माइलेज प्वाइन्ट तथा डिस्काउन्टको सुविधा लिन सजिलो हुने बुद्ध एयरले विज्ञप्तिमा उल्लेख गरेको छ । रोयल क्लवका सदस्यहरूले सुपर मार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट सपबाट पनि माइलेज प्वाइन्ट प्रयोग गरी छुट प्राप्त गर्न सक्छन् । यसका लागि रोयल क्लवले विभिन्न साझेदार संस्थासँग सहकार्य विस्तार गरिरहेको र इच्छुकहरूलाई सहकार्यका लागि आह्वान समेत बुद्ध एयरले गरेको छ । –न्युज एजेन्सी नेपाल