१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रियाशील सदस्यता खारेज होइन, सुधार र अद्यावधिकको अभियान: महामन्त्री घिमिरे



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले क्रियाशील सदस्यता खारेज होइन, सुधार र अद्यावधिकको अभियान सुर भएको जनाउनु भएको छ ।

महामन्त्री घिमिरेले हाल “क्रियाशील सदस्यता खारेज हुँदैछ” भन्ने भ्रम फैलिएको देखिएको हुदा सदस्यता खारेज गर्ने होइनौं, बरु यसलाई व्यवस्थित, अद्यावधिक र अझ प्रभावकारी बनाउने अभियानमा लागेको स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभयो ‘यस अद्यावधिक प्रक्रियाले हाम्रो संगठनलाई तल्लो तहसम्म अझ सुदृढ बनाउनेछ। पार्टीप्रति प्रतिबद्ध क्रियाशील सदस्यहरूको नवीकरणले संगठनमा अनुशासन, उत्तरदायित्व र एकता झन् मजबुत बनाउने विश्वास लिएका छौं।’

उहाँले भन्नुभयो ‘पहिलेका अनुभवबाट सिक्दै, यसपटक हामीले प्रविधि र व्यवस्थापनमा विशेष सुधार गरेर सदस्यता प्रक्रिया अगाडि बढाएका छौं, जसले विगतका जटिलता र अन्योललाई हटाउनेछ।’

महामन्त्री घिमिरेले सम्पूर्ण क्रियाशील सदस्यहरूलाई समयमै आफ्नो सदस्यता अद्यावधिक गर्न र पार्टीप्रति आस्था राख्ने सम्पूर्ण साथीहरूलाई क्रियाशील सदस्यता ग्रहण गर्न हार्दिक अपिल समेत गर्नुभएको छ ।