२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूल्यवृद्धि र सामग्री अभावले निर्माण कार्य ठप्प हुने अवस्थामा छ: अध्यक्ष पाण्डे



अ+ अ-

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले अप्रत्याशित रूपमा भइरहेको मूल्यवृद्धि र निर्माण सामग्रीको अभावका कारण मुलुकभरका विकास निर्माणका कामहरू अघि बढाउन नसकिने स्थिति आएको बताएको छ ।

महासंघका अध्यक्ष निकोलस पाण्डेले वर्तमान परिस्थितिमा काम जारी राख्नु ‘अप्ठ्यारो मात्र नभई असम्भव’ जस्तै भएको बताउनुभएको हो । अध्यक्ष पाण्डेकाअनुसार सडक निर्माणका आयोजनाहरूमा पेट्रोलियमजन्य पदार्थ (बिटुमिन, केरोसिन, र डिजेल) को मात्रै ४० प्रतिशत ‘वेटेज’ रहने गर्दछ । तर, हाल डिजेलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको र त्यो पनि बजारमा सर्वसुलभ उपलब्ध हुन नसक्दा निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेको बताउनु भयो । उहाँकाअनुसार एकातिर अहिले इन्धनसहित निर्माणजन्य वस्तु पाउन समेत कठिन भइरहेको छ ।

पाण्डेले खासगरी नदीजन्य सामग्री (ढुङ्गा, गिटी, बालुवा) उत्खननका लागि बनाइएका मापदण्डहरू अत्यन्तै जटिल भएकाले त्यस्ता सामग्री पाउन समेत गाह्रो भइरहेको बताउनु भयो । उहाँकाअनुसार जिल्लाका स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीहरूले ठ्याक्कै काम गर्ने सिजन शुरु भएपछि मात्र क्रसरहरूलाई अवैध देख्ने गरेका छन् । वातावरणमा न्युनतम क्षति नपुग्ने गरी विकासका लागि आवश्यक सामग्री पर्याप्त मात्रामा उत्खनन गर्न पाउने गरी व्यावहारिक मापदण्ड बनाउनुपर्ने उहाँले बताउनु भयो । ती सामग्रीहरू कसैको व्यक्तिगत घरका लागि नभई राष्ट्रिय गौरवका सडक र पुल निर्माणमा प्रयोग हुने भएकाले राज्यले यसलाई रोक्न नहुने उहाँको तर्क छ ।

अध्यक्ष पाण्डेले भन्नुभयो

‘सबैभन्दा पहिला अप्रत्याशित रुपमा भइरहेको मूल्यवृद्धि भएको छ । सडक बनाउँदा ४० प्रतिशतसम्म वेटेज पेट्रोलियजन्य पदार्थ हुन्छ । बिटुुमिन, केरोशिन, डिजेलको वेटेज ४० प्रतिशतसम्म हुन्छ । आजको दिनमा डिजेलको भाउ २०२ रुपैयाँ प्रतिलिटर भएको र त्यो पनि सर्वसुलभ उपलब्ध हुन सकिरहेको छैन । जसकारण काम गर्न अप्ठ्यारो मात्रै होइन करिव करिव असम्भव जस्तै छ । त्यसमाथी नदीजन्य सामाग्रीको मापदण्ड एकदमै अप्ठ्यारो छ । त्यसले गर्दा धेरैजसो क्रसरहरु स्वतह अवैध हुन्छ । अचम्म लाग्दो कुरा जिल्लाको स्थानीय सरकार, प्रमुख जिल्ला अधिकारीहरुले .ठ्याक्कै काम गर्ने बेलामा ती क्रसरहरुलाई अवैध देख्नेगरेका छन् । काम गर्ने सिजनपछि एउटा समिति बनाएर राम्रो मापदण्ड बनाउनुपर्छ भनेर हामीले पटकपटक भन्दै आएका छौँ । वातावरण क्षति न्युन गर्दै निर्माणका लागि चाहिने नदिजन्य समग्रीहरु पर्याप्त उत्खनन हुनेगरी मापदण्ड बनाइनुपर्छ । नदीजन्य सामग्री कसैको घरमा लगेर थुपार्ने चिज होइन, सबै चिज सडक, पुलमै हाल्ने हो । देश विकासकालागि चाहिने सामग्रीहरु रोकेर रोक्नुहुँदैन । त्यसलाई कसरी हुन्छ, न्युन वातवरण क्षय हुनेगरी उत्खनन गर्न दिनुपर्छ । अहिलेको खाडीसहित मध्यपूर्वमा देखिएको युद्धले मूल्यवृद्धि बढिरहेको सन्दर्भमा निर्माण व्यवसायी महासंघले आयोजनाको ठेक्का लिएका व्यवसायीहरुलाई काम गर्न नसक्नेले काम नगर्न भनिरहेको छ । महासंघले त्यस्ता व्यवसायीका लागि म्याद थप गर्न पहल गर्नेछ । जतिले अहिले काम गरिरहेका व्यवसायीहरु छन्, उनीहरुलाई उचित मूल्य समायोजन गर्न हामीले लविङ गर्नेछौँ । उचित भन्नुको कारण जतिपनि प्रोजेक्टमा मुल्य संमायोजन दिने भनिएको छ, त्यो इन्डेक्सले अहिले धान्दैन । जुनजुनमा मूल्य संमायोजनको व्यवस्था छैन् त्यसमा पनि उचित मूल्य समायोजन दिलाउने हाम्रो प्रयास छ ।’

अध्यक्ष पाण्डेकाअनुसार मध्यपूर्वमा देखिएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि बढिरहेको सन्दर्भमा महासंघ नेतृत्वले आफ्ना व्यवसायीहरूको समस्या समाधानका लागि लविङ गरिरहको बताउनु भयो । अध्यक्ष पाण्डेकाअनुसार हालको परिस्थितिमा महासंघ नेतृत्वले काम गर्न नसक्ने व्यवसायीहरूलाई काम नगर्न भनिएको छ र उनीहरूको म्याद थपका लागि महासंघले पहल गर्नेछ ।

त्यस्तै, महासंघले हाल काम गरिरहेका व्यवसायीहरूका लागि ‘उचित मूल्य समायोजन’ को माग गर्दै लबिङ शुरु गरेको समेत पाण्डेले बताउनु भयो । उहाँकाअनुसार हाल प्रचलनमा रहेको मूल्य समायोजन इन्डेक्सले अहिलेको महँगी धान्न सक्दैन । उचित समायोजन गर्नेगरी लविङको काम भइरहेको छ ।

भौतिक पूर्वाधार, सहरी विकास मन्त्रीले उचित मूल्य समायोजन गरिदिने प्रतिवद्धता जनाएको पाण्डेले जानकारी दिँदै यसै हप्ताभित्र केही न केही ठोस निकास निस्कनेमा आफूहरु आशावादी रहेको बताउनु भयो ।




भर्खरै