३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

विख्यात भारतीय गायिका आशा भोसलेको निधन



अ+ अ-

काठमाडौं: भारतीय विख्यात गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ ।

उनी केही समयदेखि मुटु र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिइन् । उनलाई उपचारका लागि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा शनिबार राति भर्ना गरिएको थियो ।

आशा भोसलेको सात दशकभन्दा लामो संगीत यात्रा थियो र उनले नेपाली सहित हजारौँ लोकप्रिय गीत गाइसक्नु भएको छ ।

उनको निधनसँगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ । गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरेका थिए । उनको अन्त्येष्टि सोमबार अपराह्न ४ बजे शिवजी पार्कमा राजकीय सम्मानका साथ गरिने परिवारले जनाएको छ ।

भारतीय सिनेमाकी निकै सफल, लोकप्रिय र सक्रिय गायिकामध्ये एक भोसलेको स्थान हिन्दी फिल्म संगीतमा उनकी दिदी स्वर्गीय लता मंगेशकरसँग मात्र तुलना गरिन्थ्यो ।

भारतीय संचार माध्यमका अनुसार, सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी आशाले नौ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन सुरु गरेकी थिइन् । उनले सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेकी थिइन् भने १९५० को दशकसम्म आइपुग्दा बलिउडमा आफ्नै पहिचान स्थापित गरिसकेकी थिइन् ।

उनी फिल्मफेयर उत्कृष्ट महिला पाश्र्वगायनतर्फ सात पटक सम्मानित भएकी थिइन् । उनको निधनप्रति भारतीय कलाकार, राजनीतिज्ञ समेतका समाजका धेरैले श्रद्धान्जलि अर्पण गरेका छन् ।

आशा भोसलेका नेपाली गीत

नेपाली गीत गायनमा पनि आशा भोसलेको लामो सान्निध्य रहेको छ । उनले चर्चित नेपाली फिल्महरुमा पाश्र्वगान गर्नु भएको छ । उनले नारायणगोपालसँग पनि युगल गीत गाउनु भएको छ ।

उनले गाएका नेपाली फिल्महरुमा लाहुरे, चिनो, फूल भन्छ फुलिरहुँ पनि गीत गाउनु भएको छ ।

आशा भोसलेले चिनो फिल्ममा नारायणगोपालसँग ‘मोहनी लाग्ला है’, रामकृष्ण ढकालसँग ‘फूल भन्दा फुलिरहुँ’ लगायतका चर्चित गीत गाउनु भएको छ । ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’‘गैरी खेतको शिरै हान्यो’ जस्ता कालजयी नेपाली गीतहरूमा आफ्नो सुमधुर स्वर दिएकी थिइन् ।