५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका मुख्यमन्त्री शाही र प्राधिकरणका निर्देशक घिसिङबीच भेटवार्ता



अ+ अ-

वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङबीच आज भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा कर्णालीमा विद्युत् प्रसारण लाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको छ ।

भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युत् उत्पादनको सम्भावना धेरै भए पनि हाल आठ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको बताउनुभयो । उहाँले अहिलेको ३३ केभी प्रसारण लाइनका कारण कर्णालीवासीले विद्युत्को ठूलो समस्या भोगिरहेको बताउनुभयो । शाहीले १३२ केभी प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले जनसङ्ख्यालाई हेरेर योजना बन्ने गरेको बताउँदै त्यो कर्णालीका लागि अन्याय हुने बताउनुभयो ।

निर्देशक घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारण लाइन पु¥याउने, कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाट समेत ३३–३३ केभी प्रसारण लाइन ल्याउने प्रक्रिया सुरु गरिएको बताउनुभयो । यस्तै उहाँले कर्णालीका साविकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी गरिएको जानकारी दिनुभयो ।