११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधिको मुल्यबारे प्रम कार्यालयको चासो , महानिर्देशक ढकाल माथी छानबिन गर्न मन्त्रालयको निर्देशन



अ+ अ-

काठमाडौं। औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल स्वास्थ्य मन्त्रालय तानिएका छन् । कानुनी प्रक्रिया पूरा नगरी औषधिको मूल्य बढाएको उजुरी परेपछि महानिर्देशक ढकाल मन्त्रालय तानिएका हुन् ।

उनीविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको थियो भने बुधबार प्रतिनिधि सभा बैठकमा सांसद राजीव खत्रीले महानिर्देशक ढकालविरुद्ध चलखेल गरेर औषधिको मूल्य वृद्धि गराएको आरोप लगाएका थिए।

पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिनु भएको हो । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस विषयमा ७ दिनभित्र छानबिन गरेर प्रतिवेदन बुझाउन स्वास्थ्य सचिव डा विकास देवकोटालाई निर्देशन दिएको छ।’