२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागूऔषधसहित दुई जना पक्राउ



अ+ अ-

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुली र उदयपुरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–१० सिर्जनानगरबाट छ किलोग्राम गाँजासहित उदयपुरको कटारी नगरपालिका–८ आहालेका ३७ वर्षीय टेकबहादुर मगरलाई पक्राउ गरिएको हो ।

यसैगरी, सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजारबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल पाँच हजार ट्याब्लेटसहित सोही गाउँपालिका–६ का २१ वर्षीय अबजल अन्सारीलाई पक्राउ गरिएको छ । उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएर कानुनी कारबाही प्रारम्भ गरिएको छ ।  रासस